• शुक्रबार, १४ बैशाख, २०८१
  • ०३:५६:४३
  • नेपालीको अभिमत

कारोबार

निर्वाचन आयोगद्धारा राष्ट्रियसभा निर्वाचनसम्वन्धी २१ बुँदे निर्देशन जारी 

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं- निर्वाचन आयोगले आगामी बुधबार हुने राष्ट्रियसभा निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना लगायतका सम्वन्धमा विभिन्न २१ वुँदे निर्देशन जारी गरेको छ ।

मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायत सबै सरोकारवालाले पालना गर्नुपर्ने भनी आयोगले जारी गरेको निर्देशन बिहीबार आयोगले प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ बमोजिम मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी,मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका व्यक्तिले मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था गर्नु पर्ने व्यवस्था गरिएको छ । 

यी हुन आयोगले जारी गरेको निर्देशनको पूर्ण विवरण

 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved