• शनिबार, ८ बैशाख, २०८१
  • १५:५७:४६
  • नेपालीको अभिमत

खेल

शक्ति गौचन रुपन्देही क्रिकेट संघ अध्यक्षमा पराजित  

नेपालमत

बिहीबार, ६ माघ, २०७८

रूपन्देही- रुपन्देही क्रिकेट संघको अध्यक्षमा स्थानीय व्यवसायी हरिबहादुर थापा निर्वाचित हुनु भएको छ ।

चर्चित क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै थापा जिल्ला क्रिकेट संघ अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मतका साथ थापा अध्यक्षमा निर्वाचित हुनु भयो भने निकटतम प्रतिस्पर्ध चर्चित क्रिकेटर गौचनले ४० मत प्राप्त गर्नु भयो ।

त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धिरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित संजय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित हुनु भएको छ ।

क्रिकेट संघमा थापा र गौचन  प्यानल खडा गरी निर्वाचनमा होमिएका थिए ।

पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन् ।

संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचत हुनु भएको छ ।

अन्य सदस्यहरुमा भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त,शेषमणि चौधरी,प्रथम पराजुली, मनोज भण्डारी, उदयकुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित हुनु भयो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved