• शनिबार, ८ बैशाख, २०८१
  • ०५:३७:२०
  • नेपालीको अभिमत

शिक्षा

बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाहीबारे गृहमन्त्री र शिक्षामन्त्रीबीच छलफल

नेपालमत

बिहीबार, ६ माघ, २०७८

काठमाडौं- मेडिकल कलेजहरुको शुल्क र विद्यार्थी आन्दोलनबारे गृहमन्त्री बालकृष्ण खाँण र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच छलफल भएको छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी लिने शिक्षण संस्थाहरूमाथि कारबाही माग गर्दै विद्यार्थीहरु आन्दोलित भएपछि कसरी अघि बढ्ने भन्ने विषयमा मन्त्रीद्धयबीद्ध छलफल भएको हो ।

त्यस क्रममा सकेसम्म वार्तामार्फत् मेडिकल कलेजहरुलाई चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्न दबाब दिने र नभए कारबाहीको प्रक्रिया अघि बढाउनेबारे निष्कर्ष निस्किएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ ।

गत पुस ३० गते भएको राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक र विद्यार्थीबीचको वार्ताको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही थाल्नेबारे  मन्त्रीद्धयबीच सहमति भएको छ ।

कारबाही गर्नै पर्ने परिस्थिति आएपछि शिक्षामन्त्रीले गृहमन्त्रीको सहयोग खोज्नु भएको र त्यसमा गृहमन्त्रीले आफूले आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न शुरुमा आवश्यक सहजीकरण गर्ने र नभए कारबाहीका लागि तयार रहेको प्रतिवद्धता जनाउनु भएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले कुनै न कुनै निकर्षमा पुग्नै पर्ने भएपछि गृहमन्त्रीसंग छलफल गरेको जानकारी दिनु भयो ।  
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved