एजेन्सी-अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामको लागि माफी नमाग्ने बताउँनुभएको छ ।
आफ्नो कार्यकाल एक वर्ष पूरा गरेको अवसरमा बोल्दै उहाँले भन्नुभयो, 'अफगानिस्तानबाट २० वर्षपछि सजिलै बाहिर निस्कने कुनै उपाय थिएन। जतिसुकै गरे पनि त्यसो गर्नु सम्भव थिएन त्यसैले मैले गरेको कामका लागि म माफी माग्दिनँ।' यद्यपि, बाइडेनले अगस्टको मध्यमा तालिबानले सत्ता कब्जा गरेपछि विकसित अफगानिस्तानको सङ्कटप्रति भने सहानुभूति व्यक्त गर्नुभएको छ ।
उहाँले अफगानिस्तानले अमेरिकालाई पारेको आर्थिक बोझको विषय पनि उठाउँनुभएको छ । अमेरिकी सेनालाई अफगानिस्तानमा राख्न निकै खर्च हुने सन्दर्भ उद्धत गर्दै उहाँले शान्तिपूर्ण समाधानमा कुनै सम्भावना नभएको उल्लेख गर्नुभयो।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
हिन्दू परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ । होलीको बेला राम, कृष्णलगायतका देवीदेवताको स्तुति र वीर पुरुषका गाथा सहित सामाजिक, प्राकृतिक...
अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् । स्थानीय मिडिया...
अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण...
काठमाडौं - अबको तीन दशक पछि अर्थात २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी बराबर हुने एउटा तथ्यांकले देखाएकोछ । प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा...
चितवन - किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन्। किसान आयोगले चितवन नारायणगढमा फागुन २१ गते आयोजना गरेको...