• शुक्रबार, ७ बैशाख, २०८१
  • ०५:५९:४८
  • नेपालीको अभिमत

अपराध

हँसिया र ढुङ्गा प्रहार गरी श्रीमानको हत्या

नेपालमत

बिहीबार, ६ माघ, २०७८

रोल्पा-एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम  झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले  पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेकी हुन् । 

मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।

घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिनुभयो । अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved