• शुक्रबार, ७ बैशाख, २०८१
  • ०१:३०:००
  • नेपालीको अभिमत

खेतीकिसानी

सुन्तला बेचेर ५० लाख आम्दानी 

नेपालमत

बुधबार, ५ माघ, २०७८

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले  सुन्ताला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका छन् । 

व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका हुन् । 

पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर रु ८० का दरले सुन्तला खरिद गरेका हुन् । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा रु। पचास लाख गाउँमा भित्रिएको जानकारी दिनुभयो । 

एक जना किसानले रु तीस हजारदेखि रु दुई लाख तीस हजारसम्मको सुन्तला बिक्री गरेका समूहले जनाएको छ । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो । ५७ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँभरी सुन्तलाखेती भएको छ । पन्ध्र हजार बोटमध्ये करिब आठ हजार बोटबाट उत्पादन हुन थालेको छ । 

परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान खगप्रसाद पाइजाले बताउनुभयो । वर्षमा तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट रु पचास हजार भन्दा बढी आम्दानी भएको उहाँले बताउनुभयो ।  सडक यातायातको सुविधा भएपछि बाँझिएका पाखो बारीमा झाडी फाडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाएका छन् । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved