काठमाडौं– फिल्म ‘म यस्तो गीत गाउँछु–२’को प्रदर्शन स्थगित भएको छ।
कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले चलचित्र हल बन्द गर्ने भएपछि निमार्ण टिमले अनिश्चितकालका लागि फिल्म प्रदर्शन स्थगित गरेको हो ।
निर्माण टोलीले प्रेस विज्ञप्ति जारी गर्दै माघ १९ गते प्रदर्शन मिति तोकेको चलचित्रको प्रदर्शन स्थगित गरिएको बताएको छ । विज्ञप्तिमा ‘हामीले आम जनमासनको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्म चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘कोभिडको तेस्रो लहर सहज भए पश्चात चलचित्रका वितरक तथा सम्पूर्ण संघ संस्थाहरूसँग समन्वय गरी नयाँ प्रदर्शन मिति तय गर्नेछौँ।’ भनिएको छ ।
सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा पल शाह र पूजा शर्माको मुख्य अभिनय रहेको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...
काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए । निर्देशक...
बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...
काठमाडौँ - ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...
काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...