• मंगलबार, ४ बैशाख, २०८१
  • १८:४१:२५
  • नेपालीको अभिमत

अपराध

रोल्पामा पत्नीद्वारा पतिको हत्या

नेपालमत

बुधबार, ५ माघ, २०७८

रोल्पा- रोल्पामा एक महिलाले आफ्नै पतिको हत्या गरेको पाइएको छ ।

रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामकी ४१ वर्षीया महिला निमा पुनमगरले ४५ वर्षका आफ्ना पति काले पुनमगरको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ पतिपत्नीबीच आफ्नै घरमा झगडा हुँदा ढंगाले हानेर काले पुनमगरको हत्या भएको पाइएको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय सुलीचौरबाट प्रहरी निरीक्षक लक्ष्मण वलीको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved