लेबनान - संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिणी लेबनानमा खटिएको बर्द बहादुर गणले झण्डै ३७ लाख रूपियाँको लगानीमा कृषि पोखरी तथा सार्बजनिक उद्यान निर्माण गरी स्थानीय नगरपालिकालाई हस्तान्तरण गरेको छ । यो नेपाली सेनाको हालसम्मकै ठूलो लगानी भएको सेनाले भनेको छ ।
मिशन प्रमुख तथा फोर्स कमाण्डरको प्रतिनिधित्व गर्दै पूर्वी क्षेत्रका कमाण्डर सहायक रथी रमोन अरमाडा भेजक्वोज, नेपाली सेनाका वरिष्ठ अधिकारी महासेनानी कमल वाँनिया र नगरप्रमुख हसन हिजाजीले संयुक्त रुपमा उद्यानको समुद्धघाटन गरेको नेपाली सेनाले जनाएको हो ।
लेबनान शान्ति मिशनको सबैभन्दा संवेदनशील नगरपालिकाको स्थानीय निकाय तथा समुदाय सँग प्रगाढ सम्बन्ध बिस्तार गर्ने उद्धेश्यले बर्द बहादुर गणले नेपाली सेनाको पूर्व विनियोजित बजेट ३१ हजार २ सय अमेरिकी डलर खर्च गरेर उद्यान निर्माण गरेको सैनिक स्रोतले बताएको छ ।
समुद्धघाटन कार्यक्रममा नगरप्रमुखले नेपाली सेनाको सहयोग तथा सद्भावको लागि आभार व्यक्त गर्दै कृषि पोखरीले अन्तराष्ट्रिय स्तरमै चर्चित ब्लिदाको जैतुन वालीलाई सिंचित गर्न ठूलो मद्धत पुग्ने र उक्त परियोजनाले नेपाली शान्ति सैनिक र स्थानीयहरु विचको मित्रवत सम्बन्ध र आपसी विश्वासलाई थप मजबुत बनाउने बताएको समेत नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका महासेनानी कमल बानियाले उक्त परियोजनाले शान्ति सैनिक र नागरिक विचको अन्योन्याश्रित सम्बन्ध थप प्रगाढ हुनुको साथै नेपाली शान्ति सैनिकहरुले स्थानीय निकाय र लेबनानी सैनिकहरु संग निरन्तर समन्वय, सहयोग र सहकार्यको प्रयासबाट समुदाय सँग सौहर्दपुर्ण सम्बन्ध राख्न सफल भएको बताउनु भयो ।
नेपाली सेनाले सन् १९५८ देखि लेबनानबाट शान्ति स्थापना कार्यमा सहभागी हुन शुरु गरेकाले लेबनानको शान्ति मिशन नेपाली सेनाको ऐतिहासिक मिशनको रुपमा मानिन्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
अस्ट्रेलियामा नेपाली समाज बढे सँगै व्यवसायिक क्षेत्रमा पनि नेपालीहरुको प्रभाव चुलिन थालेको छ । कुनै जमाना थियो जतिबेला, अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेट्न गाह्रो हुन्थ्यो । तर,...
काठमाडौं - नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती...
नवलपरासी- बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान...
काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै...
काठमाडौं- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ ।...