• बिहीबार, १३ बैशाख, २०८१
  • १९:१०:५२
  • नेपालीको अभिमत

अपराध

बालविवाह मुद्दामा पाँच जनालाई जन्म कैद

नेपालमत

मंगलबार, ४ माघ, २०७८

तनहुँ– बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

 जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो । 

साथै उनीहरूलाई जनही रु पाँचरपाँच हजार जरिवानाको फैसला भएको  छ । 

गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ । दुई जनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved