• बिहीबार, १३ बैशाख, २०८१
  • १०:३२:०३
  • नेपालीको अभिमत

अपराध

काठमाडौंमा चक्कु प्रहार गरि एक जनाको हत्या

नेपालमत

सोमबार, ३ माघ, २०७८

काठमाडौं– काठमाडौंमा चक्कु प्रहार गरि  एक जनाको हत्या भएको छ । 

काठमाडौंको चन्द्रागिरि नगरपालिका–८मा मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । चक्कु प्रहार बाट अर्का एक जना घाइते रहेको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीले जनाएको छ । 

 सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेको बताइएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved