• शनिबार, ८ बैशाख, २०८१
  • १६:१२:१९
  • नेपालीको अभिमत

अपराध

लागू औषधसहित १० जना पक्राउ

नेपालमत

आइतबार, २ माघ, २०७८

सुर्खेत– सुर्खेतको बुलबुले भ्यू टू होटेलबाट लागू औषधसहित १० जना पक्राउ परेका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार ६३० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, चार ग्राम चरेस र ३२ ग्राम गाँजाको धुलोसहित सो होटेलबाट १० व्यक्तिलाई पक्राउ गरेको हो । होटेलको कोठा नं २०६, २०३  र वीरेन्द्रनगर बजार एरिचोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो । 

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका २५ वर्षीय युवराज ढकाल, ३ बस्ने २२ वर्षीय कमल डाँगी र ३० वर्षीय सुमन खत्री, ४ बस्ने २४ वर्षीय सुजन शर्मा र २३ वर्षीय रञ्जीत खड्का रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । 

त्यस्तै, नारायण नगरपालिका–८ दैलेखका २३ वर्षीय दीपक थापा र क्षितिज शाही, ११ बस्ने २९ वर्षीय सागर चन्द, डुङ्गेश्वर गाउँपालिका–१ दैलेखका २४ वर्षीय डम्बर खड्का, महावै गाउँपालिका–३ कालीकोटका २२ वर्षीय जीवन सिंहलाई समेत पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved