• बिहीबार, १३ बैशाख, २०८१
  • २१:०६:४१
  • नेपालीको अभिमत

अभिमत

बैसाखी खोजिरहेको माओवादी केन्द्र

भानु बोखिम

आइतबार, २ माघ, २०७८

निर्वाचन आयोगले वैशाख २०७९ मा स्थानीय तहको निर्वाचन गर्न केही समयअघि नै प्रस्ताव गरेको थियो । शुक्रबार यसबारे छलफल गर्न आयोगले सर्वदलीय बैठक पनि राख्यो । यो बैठकले नेकपा (माओवादी केन्द्र)को धड्कन तेज बनाएको देखिन्छ । २०७० र २०७४ सालको निर्वाचनमा लगातार तेस्रो भएको माओवादी केन्द्र पछिल्लो संघीय र प्रदेश चुनावमा झैं गतिलो सारथीको खोजीमा छ ।

पहिलो संविधानसभाको निर्वाचनमा नै माओवादीले एमालेसँग तालमेल गर्न खोजेको थियो । डराइरहेको माओवादीले त्यो निर्वाचनमा तालमेल नगरीकनै राम्रो परिणाम ल्यायो । त्यो परिणामले माओवादी नेता तथा कार्यकर्तामा उन्माद जन्मायो । उन्मादमा रमेको माओवादीले जनचाहना अनुरुप काम गर्न सकेन । अर्काेतिर युद्धकालमा आफैंले आलोचना गरेका आचरणहरू अंगाल्दै जान थाल्यो । त्यति वेला यसबारे प्रश्न गर्दा, माओवादीहरू आफूले राम्रो गर्न नसके पनि जनताको विकल्प माओवादी नै हो भन्ने गर्थे । तर, चुनावको वेला मतदातासँग विकल्प हुन्छ र त्यो विकल्प भनेको अर्काे राजनीतिक दल हो भनेर जनताले माओवादीलाई दोस्रो संविधानसभाको निर्वाचनमा बताइदिए । त्यसपछि लडखडाएको माओवादी अझैसम्म दह्रोसँग उभिन सकेको छैन । दरिलोसँग उभिन सक्छु भन्ने आत्मविश्वास गुमाएको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा नै माओवादीले एमालेसँग तालमेल गर्न खोजेको थियो । डराइरहेको माओवादीले त्यो निर्वाचनमा तालमेल नगरीकनै राम्रो परिणाम ल्यायो । यो परिणामले माओवादी नेता तथा कार्यकर्तामा उन्माद जन्मायो । उन्मादमा रमेको ममाओवादीले जनचाहना अनुरुप काम गर्न सकेन ।

यही कारण स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग हातेमालो गरेको थियो । कांग्रेससँगको हातेमालोमा चित्तबुझ्दो परिणाम नआएपछि माओवादी केन्द्र निराश थियो । यही कारण सिद्धान्तको हिसाबले सहगोत्री नेकपा एमालेसँग माओवादी केन्द्रले चुनावी तालमेल र पार्टी एकता गर्‍यो । एमालेसँग पुनः सम्बन्ध विच्छेद भएपछि माओवादीमा निराशा व्याप्त छ । अहिले माओवादी केन्द्र चुनावलाई लिएर उत्साहहीन भएको छ । ऊ चुनावभन्दा पहिले चुनाव लड्नको लागि गतिलो सारथीको खोजीमा छ । जसले माओवादी केन्द्रको निश्चित ठाउँमा जित सुनिश्चित गरोस् । 

माओवादी केन्द्रले भर्खरै महाधिवेशन सम्पन्न गरे पनि यो कर्मकाण्डमा सीमित हुन पुगेको छ । यसले चुनावी परिणाम बदल्नमा कुनै भूमिका खेल्ने छैन । निर्वाचन जित्न जनताले मत दिनुपर्छ । जनताको मत हासिल गर्न उनीहरूको मन जित्नुपर्छ । त्यसको लागि सिद्धान्त र दर्शनको ठूला ठूला भाषण गरेर मात्र हुँदैन । जनतासँग आत्मीय सम्बन्ध हुनुपर्छ, जनताको विश्वास जित्नुुपर्छ ।

तर, माओवादीप्रतिको जनताको विश्वास पहिलो संविधानसभाको पालामै टुटिसकेको छ । सिद्धान्तको ठूला कुरा गर्दै एमाले र कांग्रेससँग पौंठेजोरी खेल्दाखेल्दै नेकपा माओवादीले जनताको हितमा काम गर्न भ्याएन । त्यसपछि जनताको विश्वास गुमाएर धर्मराएको माओवादी फेरि लयमा फर्किने सम्भावना देखिएको छैन । तसर्थ, आफ्नो अस्तित्व रक्षार्थ माओवादी केन्द्र सहारा खोजिरहेको छ । दरिलो सहाराको लागि माओवादीलाई सहगोत्री एमाले नै उत्तम हो । तर, एमाले अध्यक्ष ओलीसँग प्रचण्डको ३६ को आँकडा छ । यसकारण ओली रहुञ्जेल माओवादी केन्द्र र एमालेको एकता वा सहकार्य सम्भव देखिंदैन । कमसेकम यो चुनावसम्म यस्तो सम्भावना छैन । चुनावी परिणाम अनुसार स्वार्थ मिलान भए अलग कुरा हो ।

अहिले माओवादी केन्द्र चुनावलाई लिएर उत्साहहीन भएको छ । ऊ चुनावभन्दा पहिले चुनाव लड्नको लागि गतिलो सारथीको खोजीमा छ । जसले माओवादीको निश्चित ठाउँमा जित सुनिश्चित गरोस् ।

अस्तित्व रक्षाको यात्रामा माओवादी केन्द्रलाई अबको भरपर्दाे बैसाखी भनेको नेपाली कांग्रेस हो । अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दल विशेषको बहुमत असम्भव छ । यो यथार्थ बुझेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्न सक्छन् । यद्यपि; कांग्रेसभित्र निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मत पनि बलियो छ । युवा नेता तथा महामन्त्री गगन थापाले यो कुरा उठाउँदै आएका छन् । अन्य प्रसंगमा माओवादीको आलोचना गर्ने गगनले माओवादीप्रतिको अरुचिको कारण पनि यसो भनेका हुन सक्छन् । तैपनि कांग्रेसभित्र गगनको लयमा लय मिलाउने नेताहरू धेरै छन् । कांग्रेसभित्र एकमत नभएको कारण देउवाले प्रचण्डलाई वचन दिन सकेका छैनन् । वचन नपाएको माओवादी केन्द्र निर्वाचनदेखि डराइरहेको छ । परिणामतः नेकपा (माओवादी केन्द्र) वैशाखमा स्थानीय तहको निर्वाचन चाहिरहेको छैन ।

माओवादी केन्द्रका नेताहरू गठबन्धन गरेरै चुनावमा जानुपर्ने बताइरहेका छन् । दुई दुई पटक संसद् विघटन गर्ने केपी शर्मा ओली र उनको दललाई परास्त गर्न गठबन्धनको आवश्यकता औंल्याइरहेका छन् । ओलीको निरंकुशताको नाममा माओवादीले आफ्नै चिन्ता लिइरहेको बुझ्न गाह्रो छैन । चाहेर होस् वा नचाहेर माओवादी केन्द्र संसदीय लोकतन्त्रको भासमा फसिसकेको छ । हिजोको दिनमा संसदीय व्यवस्थाको चर्काे विरोध गर्थ्यो तर आज नेताहरू सांसद हुन मरिहत्ते गर्छन् । सांसद भएपछि सरकारमा जान र मन्त्री हुन उत्तिकै आतुर हुन्छन् । संसदीय राजनीतिको रसमा भुलेका माओवादी केन्द्रका नेताहरूको लागि समाजवाद सार्वजनिक खपत र कार्यकर्ता अलमल्याउने मेसो मात्र हो । खास चिन्ता र चासो भनेको चुनाव कसरी जित्ने भन्ने नै हो । चुनाव जितेर मन्त्री हुने आकांक्षा नै हो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वेलामौकामा आफूलाई पदको लोभ नभएको बताउनुहुन्छ । तर, ३५ वर्षदेखि पार्टीको नेतृत्व गरिरहेको तथ्यले उहाँको यो भनाईमा सत्यता देखिंदैन । खुला राजनीतिमा आएपछि दुई पटक प्रधानमन्त्री हुनुभएका प्रचण्डलाई अझै प्रधानमन्त्री हुने लोभ पनि छ । तेस्रो पटक प्रधानमन्त्री हुने सपना ओलीका कारण तुहिएको थियो । फेरि प्रधानमन्त्री हुने सपनालाई जिवित राख्नको लागि पनि प्रचण्डलाई चुनाव जित्नु छ । साथै, प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी बलियो बनाउनका लागि माओवादीले निश्चित अनुपातमा निर्वाचन जित्नुपर्छ । यस्तो वेला, समाजवाद जपे पनि माओवादी केन्द्र सिंहदरबारसम्मको यात्रा मात्र सुनिश्चित गर्न चाहन्छ भन्नेमा द्विविधा छैन ।

अस्तित्व रक्षाको यात्रामा माओवादी केन्द्रलाई अबको भरपर्दाे बैसाखी भनेको नेपाली कांग्रेस हो । अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दल विशेषको बहुमत असम्भव छ । यो यथार्थ बुझेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादीसँग चुनावी तालमेल गर्न सक्छन् । यद्यपि; कांग्रेसभित्र निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मत पनि बलियो छ ।

सिंहदरबारको यात्रा सिद्धान्त र विचारले मात्र सुनिश्चित गर्दैन । विचार र मुद्दा उत्कृष्ट भएकोले जनताले जिताउँछन् भन्ने भ्रम दोस्रो संविधानसभाको मत परिणामले तोडिसकेको छ । निर्वाचनमा राम्रो परिणाम ल्याउन संगठनको महत्त्वपूर्ण भूमिका हुन्छ । माओवादी केन्द्रको युद्धकालीन फौजी संरचनाको संगठन खुला राजनीतिमा प्रभावकारी सावित भएको छैन । संगठनको हिसाबले माओवादी केन्द्र कमजोर बन्दै गएको छ । माओवादीमा आएको टुटफुट तथा कार्यकर्ता पलायनले माओवादी थप कमजोर भएको छ । तर यो भन्दा ठूलो कारक माओवादीमा मौलाउँदै गएको कुमार प्रवृत्ति हो । खुला राजनीतिमा आएपछि जनता र कार्यकर्तासामु भिजेर भन्दा ठूलो नेताको वरिपरि घुमेर नेता बन्ने प्रचलन माओवादी केन्द्रमा मौलाएको छ । परिणामतः माओवादी केन्द्रको संगठन कमजोर बन्दै गएको छ । संगठन कमजोर भएको माओवादीमा तत्काल निर्वाचनमा जाने आत्मविश्वास छैन ।

बैसाखीको सहारामा माओवादी केन्द्रले कहाँसम्मको यात्रा तय गर्छ यो कुरा भविष्यले बताउँदै जाला । तर, आत्मविश्वास गुमाएको नेकपा (माओवादी केन्द्र)ले नेपाली राजनीतिको लय बिगार्ने भने निश्चितप्रायः छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved