सर्लाही- सर्लाहीमा गत पौष २३ गते उखु खेत भित्र शव फेला परेको परेकी महिलाको हत्यामा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।
जिल्लाको बरहथवा नगरपालिका वडा नं. १० कटानी बस्ने ३२ वर्षीया सावित्रीकुमारी महराको हत्यामा संलग्न आरोपी ३ जनालाई ईलाका प्रहरी कार्यालय बरहथवाले पक्राउ गरेको हो ।
प्रहरीले जिल्लाको हरिवन नगरपालिका वडा न.१० ताईवान टोल बस्ने सन्तोष साह तथा संलग्न २ जना .२७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरालाई पक्राउ गरेको हो ।
जग्गा किनबेचको विषयमा मृतक महिलाको बाबु तथा पतिमार्फत् भेटिएका सन्तोष साह र मृतक महिलाबीच विस्तारै प्रेम सम्वन्ध स्थापित भएको र महिलाले विहेका लागि दबाब दिएपछि उनको हत्या गरिएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत तथा प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिनु भयो ।
पुष १७ गतेका दिन विरगञ्ज औषधी गराउन जान्छु भनि घरबाट निस्किएकी महिलाको शव २३ गते बरहथवा–१० स्थित राम छविला साहको उखु खेत भित्र आधा शरीर जलेको अवस्थामा शव फेला परेको थियो ।
महिला र पुरुष दुवै विवाहित रहेको अवस्थामा पुरुषले दोश्रो बिवाहको दबाब झेल्न नसकेपछि महिलाको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धान तथा छानविन गर्दा अभियुक्त साहको मृतक महिलासंग ८/९ महिना पहिला जग्गा खरिद गर्ने भनी जग्गा हेर्ने क्रममा मृतक महिलाको बुबामार्फत विदेशमा रहेको मृतकको श्रीमान सुरतराम महरासंग अभियुक्त चिनजान भएको पाइएको प्रहरीले जनाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा...
काठमाडौं- जिल्ला अदालत काठमाडौँले ललिता निवासको जग्गा किर्ते प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको...