• बिहीबार, १३ बैशाख, २०८१
  • ०६:४९:१७
  • नेपालीको अभिमत

स्वास्थ्य

बालबालिका संक्रमित हुने क्रम बढ्दो

नेपालमत

बिहीबार, २९ पौष, २०७८

काठमाडौं- पछिल्लो समयमा कोरोना भाइरसबाट संक्रमित हुनेमा बालबालिकाको संख्या पनि बढ्दै गएको छ ।

बिहीबार देशभर ३५ सय ४३ जना संक्रमित हुँदा १० वर्ष मुनिका ६४ जना बालबालिका संक्रमित भएका छन् ।

बुधबार देशभर १० वर्ष मुनिका ४९ जना बालबालिका संक्रमित भएका थिए ।

त्यस्तै, ११ देखि १७ वर्षसम्मका बालबालिकामा पनि संक्रमणदर उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

११ देखि २० वर्ष मुनिको आधारमा तथ्याँक निकालिएको र सो उमेर समूहका २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सो उमेर समूहका ५७ जना बुधबार संक्रमित भएका थिए ।

सबैभन्दा बढी संक्रमित हुने उमेर समुह भने २१ देखि ३० वर्ष हो ।

सो उमेर समूहका ९ सय ६० जना बिहीबार संक्रमित भएको मन्त्रालयले जनाएको छ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved