• बुधबार, १२ बैशाख, २०८१
  • १९:५८:४३
  • नेपालीको अभिमत

खेतीकिसानी

धानको मूल्य निर्धारण, बिक्री गर्न किसानको भीड

नेपालमत

बिहीबार, २९ पौष, २०७८

जनकपुर– सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको  भीड लागेको छ । 

मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन वितरण गर्ने भएपछि धान बिक्री गर्न किसानको भीड बढेको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बूले चालु आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीले १५ हजार क्विन्टलमात्रै धान खरिद गर्ने जानकारी दिनुभयो । तर गत आव २०७७÷७८ मा यस कम्पनीमा १६ हजार क्विन्टल धान खरिद गरेको थियो । 

कम्पनीले अहिले रु दुई हजार ९०० का दरले प्रतिक्विन्टल धान खरिद गर्दैछ भने निजीस्तरको उद्योगमा प्रतिक्विन्टल रु दुई हजार २०० देखि रु दुई हजार ४०० सम्मको दर मात्र दिने भएपछि किसानले आफ्नो धान कम्पनीमा बेच्नका लागि तछाडमछाड गरेका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved