• बुधबार, १२ बैशाख, २०८१
  • ०७:१७:०५
  • नेपालीको अभिमत

अनौठो

अमेरिकामा आकाशबाट माछाको वर्षा

नेपालमत

सोमबार, १९ पौष, २०७८

एजेन्सी– अमेरिकाको टेक्सासमा माछाका वर्षा भएको छ । गत बुधबार भएको भीषण वर्षामा टेक्सास क्षेत्रमा आकाशबाट माछाको वर्षा भएको हो । 

खास टेक्सास क्षेत्रमा एकैदिन दुईवटा आँधी आए र आँधी सकिनासाथ आकाशबाट माछाको वर्षा हुन थाल्यो। टेक्सासमा भएको माछा वर्षाको फोटो र भिडियो सोसल मिडियाहरुमा सेयर भएका छन्। 

एक टेक्सासवासीले सोसल मिडियामा फोटो सेयर गर्दै ‘आज मेरो घरमा माछाको वर्षा भएको छ।’ लेखेका छन् 

अमेरिकी नेसनल वेदर सर्भिसका मौसम वैज्ञानिक गैरी चेटेलियनले आँधीहुरी आउँदा समुद्रमा रहेका माछाहरु तीव्रगतिमा हावासँगै उड्दै धेरै माथि आकाशमा पुग्छन् र वर्षा भएपछि जमिनमा खस्ने गरेको बताउनुृ भयो । टेक्सासमा भएको माछा वर्षाको कारण पनि त्यही रहेको उहाँले स्पष्ट पार्नु भयो। 

वैज्ञानिकहरु यस्ता घटना बबन्डर वा तीव्र आँधी आउँदा हुने बताउँछन्। 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved