• बुधबार, ५ बैशाख, २०८१
  • ०१:५३:५३
  • नेपालीको अभिमत

अनौठो

पृथ्वी नजिकको कक्षमा 'दशौँ अर्ब' भूउपग्रहहरू अटाउन सक्ने एलोन मस्कको दावी

नेपालमत

आइतबार, १८ पौष, २०७८

काठमाडौं– एलोन मस्कले उनको स्टारलिङ्क इन्टरनेट परियोजनाका भूउपग्रहले अन्तरिक्षमा धेरै ठाउँ ओगटेको दाबीलाई अस्वीकार गर्नुभएको छ ।

उहाँले फाइनान्सियल टाइम्सलाई पृथ्वी नजिकको कक्षमा 'दशौँ अर्ब' भूउपग्रहहरू अटाउन सक्ने बताउनु भएको हो  । 

'अन्तरिक्ष एकदमै विशाल छ र भूउपग्रहहरू धेरै साना छन् 'मस्कले भन्नुभयाे । स्टारलिङ्क इन्टरनेट सेवा परियोजनाले भूउपग्रह उद्योगमा प्रतिस्पर्धीहरूको प्रवेशमा बाधा पुर्‍याइरहेको आरोपलाई अस्वीकार गर्दै मस्कले भूउपग्रहहरूको लागि पृथ्वीको कक्षमा पर्याप्त ठाउँ रहेको बताउनु भयो।

'हामी अरूलाई कुनै पनि तरिकाले अवरोध पुर्‍याएका छैनौँ। हामीले कसैलाई पनि केही गर्नबाट रोकेका छैनौँ' उहाँले भन्नुभयो ।, 'केही हजार भूउपग्रहहरू धेरै हुँदै होइन। पृथ्वीमा हजारौँ कारहरू धेरै नभए जस्तै हो' उहाँले भन्नुभयाे।

गत साता चीनले मस्कको भूउपग्रहसँग टक्करबाट बच्न आफ्नो अन्तरिक्ष स्टेसनलाई मार्ग परिवर्तन गर्नुपरेको दाबी गर्दै अन्तर्राष्ट्रिय एजेन्सीमा गुनासो गरेको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved