• बिहीबार, १३ बैशाख, २०८१
  • २३:३८:५०
  • नेपालीको अभिमत

फोटो

हुम्लामा भारी हिमपात (फोटो फिचर)

नेपालमत

बुधबार, १४ पौष, २०७८

तस्वीर: दाने बोहरा

हुम्ला – हिमाली जिल्ला हुम्लामा  भारी हिमपात भएको छ ।  हिमपातले जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

आज बिहानदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटबाट उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ ।

मकोटमा बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिटसम्म हिउँ जमेको छ । 

जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा जमेका छन् । मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानीसमेत ठोस बनेका छन् ।


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय स्वीमिङ 

    नेपालगन्ज स्वीमिङ क्लबले स्थानीय रंगशालाको पौडी पोखरीमा आयोजना गरेको पौडी प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूह र खुला गरी २५ मिटर र ५० मिटरका...

  • नेपालमत

    भुकम्प पिडितहरुलाई लायन्सको राहत

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनले भदौ १६ गते बझाङमा गएको भूकम्प पिडितलाई राहत बाँडेको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एनका डिष्ट्रिक्ट गर्भनर...

  • नेपालमत

    कतै धान रोप्दै, कतै पाक्दै !

    काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा  कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको...

  • नेपालमत

    बुढीगण्डकी नदी र आसपास

    गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved