• बिहीबार, १३ बैशाख, २०८१
  • ०३:०७:३९
  • नेपालीको अभिमत

अनौठो

समुद्रमा हेलिकप्टर दुर्घटनामा परेपछि १२ घण्टा पौडिएर बाँचे एक मन्त्री

नेपालमत

बुधबार, ७ पौष, २०७८

एजेन्सी– म्याडग्यास्करका एक जना मन्त्रीले उद्धार कार्यमा खटिएको एउटा हेलिकप्टर समुद्रमा दुर्घटना परेसँगै सुरक्षित स्थानसम्म पुग्नका लागि १२ घण्टा पौडिएको बताउनु भएको छ। देशको उत्तरपूर्वी क्षेत्रमा डुबेको एउटा यात्रुवाहक पानीजहाजको खोजी कार्यमा सो हेलिकप्टर खटिएको थियो। 

'म मर्ने बेला भएको छैन,' थकित देखिएका प्रहरीमन्त्री सर्जे गेलले स्ट्रेचरबाट भन्नुभयो। उहाँसँगै यात्रा गरिरहेका सुरक्षा निकायका दुई अधिकारीहरू पनि दुर्घटनामा बच्न सफल भएका छन्।

अधिकारीहरूले मङ्गलवार बताए अनुसार कम्तीमा ३९ जना यात्रुहरू उक्त घटनामा मारिएका छन्।

ट्विटरमा राष्ट्रपति आन्ड्री राजोउलीनाले मृत्यु भएकाहरूप्रति शोक व्यक्त गर्नुभएको बिबिसिले जनाएको छ । उहाँले गेल र जीवित अन्य दुई अधिकारीहरूप्रति पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

गेल र ती दुई अधिकारी पछि समुद्र नजिकैको छुट्टाछुट्टै सहरमा पौडेर आइपुग्नुभएको थियो।

सोमवार भएको दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन तर ५७ वर्षका गेलले आफूले रात साढे सात बजेबाट बिहान साढे सात बजेसम्म पौडिएको बताउनुभयो।

उनले आफूलाई चोट नलागेको तर जाडो भएको बताउनु भयो ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved