• शनिबार, ८ बैशाख, २०८१
  • १३:२८:२३
  • नेपालीको अभिमत

कारोबार

काँग्रेस सभापतिका लागि बहुमत पुगेन, पुनः मतदान हुने 

नेपालमत

मंगलबार, २८ मङ्सिर, २०७८

काठमाडौं- नेपाली काँग्रेसको सभापतिका लागि कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि पुनः मतदान हुने भएको छ ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन नसकेपछि पुनः मतदान हुने भएको हो ।

कांग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत नल्याए बाँकी २ जनाबीच पुनः मतदान गरेर बहुमत ल्याउनु पर्ने हुन्छ ।

जस अनुसार अब देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

आइतबार भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेकोमा कसैको बहुमत पुगेन । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved