• शनिबार, ८ बैशाख, २०८१
  • ०४:५२:३४
  • नेपालीको अभिमत

प्रविधि

चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज

नेपालमत

सोमबार, २० मङ्सिर, २०७८

काठमाडौं– चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज भएको छ । उर्जा मन्त्रालयको सचिव स्तरीय निर्णयले चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालिको नाममा  रहेको सौर्य पीभी विद्युत आयोजनाको लाइसेन्स खारेज गरेको हो । 

कम्पनीले महोत्तरीमा १२० मेगावाटको उक्त आयोजना संचालन गर्न सर्वेक्षण अनुमति पत्र लिएकोमा नवीकरण नगरेको भन्दै लाईसेन्स नै खारेज गरिएको विद्युत विकास विभागले जनाएको छ । 

अनुमतिपत्र नवीकरणको लागि तोकिएको समयमा नवीकरणको लागि आवेदन नदिएको र कोभिडको कारण थप गरिएको समयमा पनि निवेदन नआएको विभागले जनाएको छ ।

चौधरी ग्रुप अन्तर्गत सन् २००६ मा चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालि स्थापना भएको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved