• बिहीबार, १३ बैशाख, २०८१
  • ०२:१३:५३
  • नेपालीको अभिमत

समाचार

लमजुङमा भूकम्पको धक्का  

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

लमजुङ- लमजुङमा सोमबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।

साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो  ।

लमजुङको दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

उक्त ठाउँमा केन्द्रविन्दु भएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको स्थानीयले जनाएका छन् ।   
 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved