• बिहीबार, १३ बैशाख, २०८१
  • ०६:३३:३३
  • नेपालीको अभिमत

समाचार

कालिकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु ३ घाइते  

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

कालिकोट- कालिकोटमा सोमबार ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

नरहरिनाथ गाउँपालिका–१ मिलाकामा सोमबार बा ५ ख ४६४३ नम्बरको ट्रक ब्रेक फेल भै ३० मिटर तल खस्दा स्थानीय ५८ वर्षीय जयबहादुर विष्टको मृत्यु भएको र ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

विष्टको घटनास्थलमै मृत्यु भएको हो भने ट्रक चालक सुर्खेतको वीरेन्द्रनगरका किरणबहादुर भुजा, ट्रकका मालिक साहु नरहरि–१, कालिकोटका २४ वर्षीय नेत्रबहादुर विष्ट र सहचालक घाइते भएका छन् ।

घाइते मध्ये गम्भीर अवस्थाका  विष्टलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि सुर्खेत लगिएको र दुई जनाको कालिकोट जिल्ला अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved