• मंगलबार, ११ बैशाख, २०८१
  • १४:१९:३६
  • नेपालीको अभिमत

कारोबार

कमल थापाद्धारा आगामी कार्यकालका लागि पनि राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा 

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बुधबार शुरु हुने पार्टी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

पार्टी एकीकरणपछि मंसिर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको राप्रपाको पहिलो महाधिवेशनमा आउँदो कार्यकालका लागि अध्यक्ष बन्न थापाले सोमबार उम्मेदवारी घोषणा गर्नु भयो ।

दुई वर्षअघि राप्रपा र राप्रपा संयुक्त एकीकरण भएपछि थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनीले अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आउनु भएकोमो अबको महाधिवेशनपछि राप्रपा एकल अध्यक्षमा अघि बढ्दैछ ।

यसअघि नेता राजेन्द्र लिङ्देनले पनि अध्यक्षको उम्मेदवारीे घोषणा गरिसक्नु भएको छ ।

सोमबार घोषणासभामा अध्यक्ष थापाले आफूले शुरु गरेको काम अधुरै भएकोले पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताउनु भयो ।

आगामी निर्वाचनपछि अग्रणी संस्थाको रुपमा स्थापित गरेपछि वैचारिक धार बलियो भएपछि, हिन्दुराष्ट्रको आधार तयार भएपछि आफूले विश्राम लिने उहाँले बताउनु भयो ।

उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष थापाले अध्यक्ष पदका प्रत्यासी लिङ्देनको आलोचना गर्नु भयो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved