• शुक्रबार, ७ बैशाख, २०८१
  • १८:२६:२५
  • नेपालीको अभिमत

समाचार

कैलालीमा ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु 

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

धनगढी- कैलालीमा छुट्टाछुट्टै ट्रकले ठक्कर दिँदा सोमबार २ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका ८ चोकमा ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय नरेश देउवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम आउदै गरेको ना ६ ख ५३६६ नं. को ट्रकले पैदलयात्री देउवालाई पछाडीबाट ठक्कर दिएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी घोडाघोडी नगरपालिका ५ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ ख ४६६६ नं।को ट्रकले शर्मा सवार सु.प.प्र.०१००८ प ५४७५ नं. को मोटरसाइकललाई ठक्कर दिएको हो ।

घटनापछि भागेको ट्रक चालकको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    कृष्णसार एफएम १६ औं वर्षमा प्रवेश

    नेपालगञ्ज - कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ ।...

  • नेपालमत

    काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने

    काठमाडौं - काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ ।  चैत १४ देखी १६ गतेसम्म बुढानिलकण्ठमा सम्मेलन हुनेछ ।  नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल...

  • नेपालमत

    कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

    काठमाडौं - कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि...

  • नेपालमत

    २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा

    काठमाडौं - सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा...

  • नेपालमत

    विवाहमा दम्पतीले रोजे विमा उपहार

    नेपालगञ्ज - एक जोडीले आफ्नो विहेको दिन जिवन विमाको पोलिसी एक अर्कालाई उपहार दिएका छन् ।  ईटली वस्ने वर्दियाका मनोज कुमार चौधरी र स्टाफ नर्स अध्ययन पुरा...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved