• बिहीबार, १३ बैशाख, २०८१
  • १८:४२:४९
  • नेपालीको अभिमत

कारोबार

रामचन्द्र पौडेलको जिल्लामा देउवाका सभापति उम्मेदवार आले विजयी

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

तनहुँ- नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवा पक्षका नेता जितप्रकाश आले विजयी हुनुभएको छ ।

सोमबार बिहान सम्पन्न मतगणना अनुसार आले विजयी हुनुभएको हो ।

उहाँले वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाबाट चुनावी मैदानमा रहनुभएका वैकुण्ठनाथ न्यौपानेलाई पराजित गर्नुभयो ।

विजयी आलेले ९ सय ५१ मतसहित जित हात पार्नु भएको हो ।

प्रतिस्पर्धी न्यौपानेले ७ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

पराजित न्यौपाने हालका सभापति र व्यास नगरपालिकाका प्रमुख हुनुहुन्छ ।

उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।  

सचिवमा लक्ष्मीभक्त खनालले १ हजार २० र सहदेव अधिकारी ८ हजार १२ मत प्राप्त गरी विजयी हुनुभयो । 

सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई विजयी हुनुभयो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved