• शनिबार, ८ बैशाख, २०८१
  • १०:५४:०६
  • नेपालीको अभिमत

मनोरञ्जन / सिनेमा

सलमान र जोनको भिडन्त, ४ दिनमा कसले कति कमाए ?

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

एजेन्सी– कोरोना महामारीले ठप्प पारेका फिल्महलहरु खुल्न साथ बलिउड फिल्म प्रदर्शनका लागी लाइन लागेका छन् । पछिल्ला महिना दिन यता बलिउडका  ठूला बजेटका फिल्महरू ले पनि सिनेमा हल तताउदै आएका छन् । यही महिना सार्वजनिक भएको अक्षय कुमार र कट्रिना कैफ अभिनीत फिल्म शुर्यबंशीले ३ सय करोडको हाराहारीमा व्यापार गरिरहेको छ । 

यस्तैमा बलिउडका भाइजान सलमान खानको 'अन्तिम' र जोन अब्राहमको 'सत्यमेव जयते–२' बिच यतिखेर घम्सा–घम्सी चलिरहेको छ । एकैदिन दुई एक्सन फिल्म रिलिज भएका छन् ।  गत शुक्रवार सार्वजनिक भएका यी दुवै फिल्मले थ्रिएटर तताउने मात्र हैन बक्स अफिसमा पनि राम्रै कमाइ गर्न सफल बनेका छन् । 

प्रर्दशनको पहिलो दिननै सलमानको अन्तिमले सुखद सुरुवात गरेको छ । फिल्मले पहिलो दिन साढे ४ करोड कमाई गरेको थियो ।  यस्तै दोस्रो दिन साढे ५ करोड र तेश्रो दिन आइतबार फिल्मले साढे ७ करोड कमाई गरेको छ । 

महेश मान्जरेकरको निर्देशनमा बनेको फिल्म अन्तिमले  आइतबार सम्म १८ करोडको कारोबार गरेको छ । अन्तिममा  सलमानसँगै आयुष शर्मा, महिमा मकवानाको मुख्य अभिनय रहेको छ ।  

यस्तै जोन अब्राहम र दिव्या घोषला कुमारको मुख्य अभिनय रहेको फिल्म सत्यमेव जयते–२ ले भने सलमानको अन्तिमले जति व्यापार गर्न सकेको छैन । प्रदर्शनमा आएको पहिलो दिन यस फिल्मले साढे ३ करोडको हाराहारीमा व्यापार गरेको थियो । 

यस्तै फिल्मले दोस्रो दिन २ करोड १० लाख, दोश्रो दिन २ करोड २० लाख र तेस्रोदिन साढे २ करोड व्यापार गरेको छ । मिलाप जावेरीको निर्देशनमा बनेको फिल्मले हाल सम्म साढे १० करोडको व्यापार गरेको छ । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved