काठमाडौं– नेपाली फिल्म हजार जुनीसम्म युट्युबमा सार्वजनिक भएको छ । विकासराज आचार्यको निर्देशनमा बनेको फिल्म आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको २४ घण्टा नबित्दै फिल्मले ५ लाख भन्दा बढि भ्युज कमाइसकेको छ भने फिल्म युट्युब ट्रेन्डिङको छैटौँ नम्बरमा आएको छ ।
आर्यन सिग्देल र स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको यस फिल्ममा संचिता लुईंटेल, शिवहरी पौड्याल, प्रियंका कार्की, सलोन बस्नेत, अखिलेश प्रधान, अनुभव रेग्मी लगायतको अभिनय रहेको छ ।
पारिवारिक र प्रेम कथामा आधारित फिल्मको कार्यकारी निर्माता कविता रेग्मी रहनु भएको छ भने फिल्ममा विशाल चाम्लिङको लगानी रहेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...
काठमाडौँ - ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...
काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...
काठमाडौं - नेपाली फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ । षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ लाई लिएर नेपालझैँ विदेशमा...
काठमाडौं - झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत अमरप्राज्ञ कञ्चन पुडासैनीलाई २०८०...