• बिहीबार, १३ बैशाख, २०८१
  • २१:२०:०१
  • नेपालीको अभिमत

कारोबार

ओलीकाे सहमतिविरुद्ध अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भूषाल र सचिवमा भीम आचार्यकाे उम्मेदवारी दर्ता

नेपालमत

सोमबार, १३ मङ्सिर, २०७८

चितवन - नेकपा (एमाले)को अध्यक्षका लागि भीम रावलले उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

निर्वाचन प्रकिया सुरु भए लगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएकाे हाे । रावललाई महादेव बजगाईंकाे प्रस्ताव र दुधकला बिष्टकाे समर्थन रहेकाे छ ।

सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गर्नु भएकाे थियाे ।

महाधिवेशन उद्घाटनअघि नै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलले सहमतिको प्रयास भए पनि चुनावी मैदानमैं उत्रिउनु भएकाे हाे ।

ओलीले प्रस्ताव गरेको पदाधिकारी सूचिमा रावल सँगै घनश्याम भूषाल र भीम आचार्यसमेत परेका छैनन् ।

भीम रावलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै अर्का नेता घनश्याम भूषालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गर्नु भएकाे छ ।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved