• बुधबार, १२ बैशाख, २०८१
  • ०३:३९:२९
  • नेपालीको अभिमत

अनौठो

सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुगिन् सांसद !

नेपालमत

आइतबार, १२ मङ्सिर, २०७८

एजेन्सी– न्यूजील्यान्डकी एक सांसद सुत्केरी बेथा लागेपछि साइकल चढेर अस्पताल पुग्नुभएको छ ।  अस्पताल पुगेको एक घण्टामै उहाँले बच्चा जन्माउनु भयो।

'बेथा लागेको बेलामा साइकल चलाउने मेरो कुनै योजना थिएन, तर त्यही गर्नुपर्‍यो,' सांसद जुली एन जेन्टरले साइकल चलाउँदै गरेको तस्बिरसँगै फेसबुकमा लेख्नु भएको छ।

ग्रीन पार्टीको यातायात मामलाकी प्रवक्ता पनि रहनुभएकी  उहाँले यस्तो काम गरेको यो पहिलो पटक चाहिँ होइन। तीन वर्षअघि आफू मन्त्री हुँदा पनि उहाँले सुत्केरी हुन अस्पताल जान साइकल प्रयोग गर्नुभएको थियो।

एकचालीस वर्षीया जेन्टर साइकलिङको पक्षमा खुलेर बोल्दै आउनुभएको बिबिसिले जनाएको  छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved