काठमाडौं– आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल बाहिरिएको छ । आज भएको अन्तिम खेलमा यूएई सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको हो ।
नेपालका लागि इन्दु बर्माले २० बलमा एक चौकासहित १५ रन र सीता राना मगरले आठ बलमा तीन चौकासहित १३ रन बनाए । युएईकी समाइरा धारनीधार्काले सर्वाधिक चार विकेट, खुशी शर्माले दुई तथा छाँया मुगाल र चमानी सेनेविरान्ताले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रनको योगफल तय गरेको थियो ।
शीर्ष स्थानमा रहेको यूएई ५ खेलमा १० अंक जोड्दै ग्लोबल छनोटमा प्रवेश गर्यो भने पाँच खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा रह्यो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र - छात्रा फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । जिल्ला स्तरीय प्रतियोगिता माघ ६ देखि...
नेपालगञ्ज - पश्चिम नेपालको खेल–पर्यटनको प्रर्वधन गरिरहेको नेपालगन्ज म्याराथनले यस वर्षदेखि म्याराथन सँगै 'नेपालगन्ज कन्क्लेभ' आयोजना गर्ने भएको छ । म्याराथनको बौद्धिक वार्मअपका रुपमा आयोजना हुने कन्क्लेभमा...
कोहलपुर, बाँके - बाँकेको कोहलपुर नगरपालिका २ तेह्रविगाहमा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधि त्रिभुवन आर्मीले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा...
कोहलपुर, बाँके - बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि बुधबार फाइनल खेल हुने भएको छ । त्रिभुवन आर्मी र चर्च व्वाईज वीच...
काठमाडौं - नेपाल आईसीसी टी–ट्वान्टी विश्वकप २०२४ को लागि छानिएको छ । विश्वपकको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा...