• शुक्रबार, ७ बैशाख, २०८१
  • १२:१९:४८
  • नेपालीको अभिमत

स्वास्थ्य

कोरोनाको नयाँ भेरियन्ट रोकथामका लागि अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

एजेन्सी 

शनिबार, ११ मङ्सिर, २०७८

न्युयोर्क- दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट फैलन सकने चेतावनीपछि अमेरिकाको न्युयोर्कमा शहरमा संकटकाल घोषणा गरिएको छ ।

न्युयोर्ककी गभर्नर काथी होचुलले कोरोनाको नयाँ भेरियन्ट रोकथामका लागि राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भयो ।

कोरोना भाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उहाँले बताउनु भयो ।

पछिल्लो समयमा कोरोनाभाइरसबाट संक्रमित भएर अस्पताल भर्ना हुनेहरुको संख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको गभर्नरले उल्लेख गर्नु भएको छ ।

कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले रोकथाम गर्नु पर्ने विज्ञहरुको सुझावका आधारमा संकटकाल घोषणा गरिएको गभर्नर काथी होचुलले बताउनु भयो ।

अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने अधिकारीहरुले जनाएका छन् ।

घोषणाका क्रममा गभर्नर होचुलले आवश्यकता अनुसार संकटकाल लम्बिन पनि सक्ने बताउनु भयो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved