• शनिबार, ८ बैशाख, २०८१
  • ०२:१०:२२
  • नेपालीको अभिमत

मनोरञ्जन / संगीत

यी हुन् युट्युबमा सर्वाधिक हेरिएका १० नेपाली गीत

गीताञ्जली दाहाल

शनिबार, ११ मङ्सिर, २०७८

नेपालमा पछिल्लो समय गीत संगीतका लागि आम्दानीको स्रोत बनेको छ– युट्युब च्यानल । युट्युबबाट आम्दानी र चर्चा दुवै हुने भएकोले अहिले यो प्लेटफर्मप्रतिको मोह बढेको छ । आजकल कसैका गीत युट्युब च्यानलको करोड क्लबमा पर्न सफल भए भने त्यसलाई राम्रो चलेको भनेर मापन गर्ने गरिएको छ । त्यस्तै; कुनै गीतले कति भ्यूज, लाइक, कमेन्ट पायो र प्रतिकृया कस्तो रह्यो भनेर यसै प्लेटफर्मलाई आधार मान्न थालिएको छ ।

शुक्रबार बेलुकासम्मकाे भ्यूजका आधारमा युट्युबमा उपलब्ध नेपाली गीतहरूमध्ये सबैभन्दा लाेकप्रिय १० गीत यी छन् ।

१) कुटुमा कुटु सुपारी दाना: फिल्म ‘२ रुपैयाँ’ को यो गीतलाई युट्युबमा सर्वाधिक हेरिएको छ । सन् २०१७ मा हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीतले शुक्रबारसम्म १५ करोड ९५ लाख भन्दा बढी भ्यूज पाएको छ । राजन राज शिवाकोटीको शब्द/सङ्गीत रहेको गीतमा राजन राज, मेलिना राई, राजन इशानको आवाज रहेको छ ।

२) माया लुकी लुकी:  सन् २०१८ मा सार्वजनिक भएको यो गीत सर्वाधिक भ्यूज गएको गीतको दोस्रो नम्बरमा रहेको छ । गीतलाई शुक्रबारसम्म ११ करोड ४० लाख भन्दा बढी पटक हेरिएको छ । टिका प्रसाईंको आवाज रहेको गीतमा आनन्द अधिकारीको शब्द रहेको छ । आशिष अविरलको संगीत संयोजन रहेको यस गीतमा ‘द कार्टुन क्रु’का सरोज अधिकारी, आश्मा विश्वकर्मा लगायतको अभिनय रहेको छ ।

३) पिरिम नलाउने: सन् २०२० मा ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको यो गीत सर्वाधिक हेरिएको नेपाली गीतको तेस्रो नम्बरमा परेको छ । यो गीतले शुक्रबारसम्म ८ करोड ४५ लाख भ्यूज कमाएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई मेलिना राई र आशिष सचिनले आवाज दिनुभएको छ । आरोही एल्बममा समावेश रहेको यो गीतमा वर्षा राउत र आशिष सचिनको अभिनय रहेको छ ।

४) साली मनपर्‍यो: फिल्म ‘घामट शेरे’मा रहेको यो गीत युट्युबमा सर्वाधिक हेरिएको गीतको चौथो नम्बरमा रहेको छ ।  सन् २०१९ मा ओएसआर डिजिटलबाटै सार्वजनिक गरिएको यो गीतले शुक्रबारसम्म ७ करोड ९४ लाख  भ्यूज कमाएको छ । कालीप्रसाद बासकोटा र अस्मिता अधिकारीको आवाज रहेको गीतमा कालीप्रसादकै शब्द/संगीत रहेको छ ।

५) सालको पात टपरी हुनी: सन् २०१९ मा सार्वजनिक भएको यो गीतले सर्वाधिक भ्यूज कमाउने गीतको पाँचौं स्थान ओगट्न सफल भएको छ । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको आवाज रहेको यस गीतले शुक्रबारसम्म ७ करोड ४१ लाख भ्यूज कमाएको छ । नवराज पन्तको शब्द रहेको गीतमा वसन्त थापाको संगीत रहेको छ भने आशिष अविरलको संगीत संयोजन रहेको छ ।

६) नाच फिरिरि: सन् २०१८ मा जीटुवान युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतले शुक्रबारसम्म ७ करोड ३६ लाख भ्यूज कमाएको छ । महेश काफ्ले र मेलिना राईको आवाज  रहेको यस गीतमा महेश काफ्लेकै शब्द/संगीत रहेको छ । गीतको भिडिओमा निश्चल बस्नेत र  स्वस्तिमा खड्काको अभिनय रहेको छ ।

७) गोजीमा दाम छैन:  फिल्म ‘चङ्गा चैट’मा समावेश रहेको यो गीत सर्वाधिक हेरिएको गीतको सातौं नम्बरमा परेको छ । २०१८ मा सार्वजनिक गरिएको यो गीतले शुक्रबारसम्म ७ करोड ३० लाख भ्यूज कमाउन सफल भएको छ । राजनराज शिवाकोटी, मेलिना राई र ग्रीष्मा शिवाकोटीको आवाज रहेको यस गीतमा राजनराजकै संगीत रहेको छ भने हरिहर तिम्सिनाको शब्द रहेको छ । संगीत संयोजन राजन इशानले गर्नुभएको छ ।

८) माया बिरानी: माया बिरानी धेरै हेरिएको गीतको आठौं नम्बरमा परेको छ । सन् २०१९ मा सार्वजनिक भएको यस गीतले शुक्रबारसम्म ७ करोड ३२ लाख भ्यूज बटुलेको छ । महेश काफ्ले र मेलिना राईको आवाज रहेको यस गीतमा महेश काफ्लेकै शब्द/संगीत रहेको छ । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा नजीर हुसेन र  आँचल शर्माको अभिनय रहेको छ ।

९) कसरी कसरी–२:  सन् २०१९ मा सार्वजनिक भएको यस गीतले शुक्रबारसम्म ७ करोड २८ लाख बढी भ्यूज कमाएको छ । टंक बुढाथोकी र मेलिना राईको आवाज रहेको यस गीतमा टंक बुढाथोकीकै शब्द/संगीत रहेको छ । गीतको भिडिओमा सुनिल क्षेत्री, एआर बुढाथोकी लगायतको अभिनय रहेको छ ।

१०) फूल हैन: सन् २०१८ मा सार्वजनिक भएको फिल्म ‘रोज’मा समावेश यस गीतले शुक्रबारसम्म ५ करोड ८६ लाख भ्यूज कमाएको छ । प्रताप दास र प्रविशा अधिकारीको आवाज रहेको यस गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत रहेको छ । भिडिओमा प्रदीप खड्का र मिरुना मगरको अभिनय रहेको छ ।

गीताञ्जली दाहाल

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शनिबार, ११ मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य

    काठमाडौँ - चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ । मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ...

  • नेपालमत

    चलचित्र ‘डम्बरे’को छायाँकन शुरु

    काठमाडौं - निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको निर्देशन उदय सुब्बाले बताए ।  निर्देशक...

  • नेपालमत

    अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

    बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल...

  • नेपालमत

    ‘महाजात्रा’लाई देशभर उच्च शो

    काठमाडौँ  -  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै...

  • नेपालमत

    ‘भागु’ राष्ट्रिय बाल नाटक मेलामा सर्वोत्कृष्ट घोषित

    काठमाडाैं - राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वोत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved