• बुधबार, १२ बैशाख, २०८१
  • २०:११:४८
  • नेपालीको अभिमत

खेल

शहीद स्मारक ‘ए’ डिभिजन लिग : सातदोबाटो युथ क्लब विजयी

नेपालमत

शुक्रबार, १० मङ्सिर, २०७८

तस्बिरः ANFA

काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । यसअघि सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । सातदोबाटोका लागि सुदीप गुरुङले निर्णायक गोल गर्नुभयो । उहाँले खेलको २९औँ मिनेटमा गोल गर्नुभएको हो । 
    
जीतसँगै सातदोबाटोले चार अङ्क जोडेको छ । थ्रीस्टारको तीन अङ्क छ । यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

शुक्रबार, १० मङ्सिर, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved