• बिहीबार, १३ बैशाख, २०८१
  • १०:२८:०४
  • नेपालीको अभिमत

अपराध

जुवाखालबाटै समातिए जुवाडे

नेपालमत

बुधबार, ८ मङ्सिर, २०७८

झापा- झापामा जुवाखालबाटै जुवाडे समातिएका छन् ।

जुवा खेलिरहेका बेला ९ जना जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाको दमकमा पेशेवर ढंगले जुवा खेल्नमा व्यस्त रहेकाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दमक–५ का टेकवहादुर कार्कीको घरको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा घरधनी कार्कीका छोरा ४६ वर्षीय टेकवहादुर, स्थानीय ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ वर्षीय नारायण कडरिया पक्राउ परेका हुन ।

त्यसैगरी, ४१ वर्षीय सूर्य न्यौपाने, वर्ष ४८ का खगेन्द्र भुजेल,४० वर्षीय खगेन्द्र राजवंशी, दमक–८ का २९ वर्षीय प्रदीप थापा र कमल ५ का ३० वर्षीय सुरेश सुव्वा पक्राउ परेको प्रहरीले जनाएको छ । 
 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved