• बिहीबार, ६ बैशाख, २०८१
  • १२:३५:३३
  • नेपालीको अभिमत

प्रविधि

नेपालको आफ्नै स्याटेलाइट राख्न ४ कम्पनी छनोट

नेपालमत

मंगलबार, ७ मङ्सिर, २०७८

काठमाडौं– नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्न चार वटा कम्पनी छनोटमा परेका छन । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट राख्नका लागि माग गरेका ४ कम्पनीहरु सर्टलिस्टको सूचीमा परेका हुन् ।

प्राधिकरणले चार कम्पनीको प्राविधिक र आर्थिक प्रस्तावको मूल्याङ्कन छनोट गरेको हो । प्राधिकरणमा ८ वटा कम्पनीहरुले आशय पत्र पेश गरेका थिए ।

ती मध्ये प्राधिरकणले ४ कम्पनीहरुलाई आफ्नो योजना अनुसारको विवरण पेश गर्नका लागि छनोट गरेको छ।छनोटमा परेका कम्पनीहरुमा फ्रान्सको यूरोकन्सल्ट,टर्कीको टिआरकेस्याट (टिटिजी), दुबईको एसथ्रीटेल र थाइल्याण्डको थाइकम पब्लिक कम्पनी लिमिटेड रहेका छन्।

नेपालको आफ्नै भू उपग्रह प्रक्षेपण गर्नका लागि त्यसको नियमन,कानूनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट तयार गर्न प्राधिकरणले प्रस्ताव माग गरेको थियो ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved