• शनिबार, ८ बैशाख, २०८१
  • १४:१५:४१
  • नेपालीको अभिमत

बाहिरको नेपाल

डिसेम्बर १ बाट नेपाली विद्यार्थी अस्ट्रेलिया जान पाउने

नेपालमत

सोमबार, ६ मङ्सिर, २०७८

एजेन्सी– अष्ट्रेलियाले सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ ।

त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका समावेश छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि, पूर्ण खोप लगाएका योग्य भिसा धारकले यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया आउन सक्नेछन् । 

“योग्य भिसा धारकमा दक्ष र विद्यार्थी समूह, साथै मानवीय, काम गर्ने छुट्टी बनाउने र अस्थायी पारिवारिक भिसा धारक आदि समावेश गरिएका छन् ।“ उहाँका अनुसार यी परिवर्तनले यो सुनिश्चित गर्नेछ कि “हामीले अष्ट्रेलियालीको स्वास्थ्यको रक्षा गर्दै विछोडमा परेका परिवारलाई पुनर्मिलन गर्दै आर्थिक पुनोरोत्थानको कामलाई पनि बढावा दिनेछौँ ।”

यी व्यवस्थाहरू अन्तर्गत मोरिसनले यात्रुहरूले अष्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशनद्वारा स्वीकृत वा मान्यता प्राप्त खोपको पूर्ण मात्रा खोप लगाउनुपर्नेछ ।

गत वर्ष मार्च २० मा, अष्ट्रेलियाले कोरोनाभाइरस महामारीको बढ्दो सङ्क्रमण नियान्त्रण गर्ने उद्देश्यले विश्वको सबैभन्दा कडा सीमा प्रतिबन्ध अपनाएको  थियो ।

अष्ट्रेलियाले १८ महिनासम्म अनुमतिबिना विदेश यात्रा गर्न आफ्ना नागरिकलाई पनि कडा प्रतिबन्ध लगाएको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अस्ट्रेलियामा फैलदै नेपाली व्यवसायीको 'डोको'

    अस्ट्रेलियामा नेपाली समाज बढे सँगै व्यवसायिक क्षेत्रमा पनि नेपालीहरुको प्रभाव चुलिन थालेको छ । कुनै जमाना थियो जतिबेला, अस्ट्रेलियामा नेपालीले नेपालीलाई भेट्न गाह्रो हुन्थ्यो ।  तर,...

  • नेपालमत

    इन्डोनेशिया जाँदा स्टिकर भिषा अनिवार्य

    काठमाडौं - नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती...

  • नेपालमत

    वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

    नवलपरासी- बर्दघाट सुस्तापूर्व नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान...

  • नेपालमत

    पोर्चुगलमा सुतेकै ठाँउमा मृत भेटीए गणेशमान

    काठमाडौं- वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै...

  • नेपालमत

    आइएफआरसीको महासचिवमा पुनः चापागाईं

    काठमाडौं- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ ।...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved