• शनिबार, ८ बैशाख, २०८१
  • १४:०७:०४
  • नेपालीको अभिमत

अपराध

नेपाल प्रहरीले गर्‍यो २२ एसपीको सरुवा

नेपालमत

आइतबार, ५ मङ्सिर, २०७८

काठमाडौं - नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शनिबार एसीपी सरुवाको निर्णय गर्नुभएको हो । यसअघि कार्तिक २९ गते पनि आठ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको थियो । 

शनिबारको निर्णय अनुसार मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण कैलाली, महानगरीय प्रहरी परिसर काठमाडौँका रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा, मकवानपुरका सोमेन्द्रसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएको छ ।  

यस्तै, अविनारायण काफ्ले अख्तियारबाट सप्तरी जिल्ला, कृष्ण प्रसाईँ जनकपुरबाट सर्लाही, टीकाबहादुर केसी काठमाडौँबाट लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गणमा सरुवा हुनुभएको छ । 

एसपी तुलबहादुर कार्कीलाई नुवाकोट जिल्लाबाट प्रदेश नम्बर २ प्रदेश प्रहरी कार्यालय, दिनेशराज मैनालीलाई तनहुँबाट महानगरीय प्रहरी परिसर काठमाडौँ, ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयबाट अख्तियार र प्रकाश रानाभाटलाई धनुषाबाट पोखरामा सरुवा गरिएको छ । 

यसैगरी, प्रहरी उपरीक्षक वसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालयबाट धनुषा, बेलबहादुर पाण्डेलाई पर्साबाट प्रहरी प्रधान कार्यालय, भुवनेश्वर तिवारीलाई सुदूरपश्चिम प्रदेशबाट सुर्खेत, महेन्द्र खड्कालाई धादिङबाट सुदूरपश्चिम प्रदेश र राकेश सिंहलाई सुर्खेतबाट धादिङमा पठाइएको छ । 

प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतलाई प्रदेश प्रहरी कार्यालय पोखराबाट स्याङ्जा, राजेन्द्रप्रसाद धमलालाई सप्तरीबाट मानव बेचविखन अनुसन्धान ब्यूरो, राजेन्द्रबहादुर रेग्मीलाई कैलालीबाट तनहुँ, रामप्रकाश शाहलाई बाँकेबाट  नुवाकोट, सन्तोषसिंह राठौरलाई सर्लाहीबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सुरेन्द्रबहादुर गुरुङलाई प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा गरिएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved