कांग्रेस महाधिवेशन नजिकिंदै गर्दा सभापतिको दाबेदारी गर्नेको दौडधुप पनि बढेको छ । दौडधुप गर्नेमा हिजोको दिनमा सभापतिको दाबी गर्ने सबै छैनन् । कांग्रेसमा रामचन्द्र पौडेल र शेरबहादुर देउवाको दाबीलाई बाहिरियाको आँखाले स्वाभाविक रूपमा लिन सक्छ । तर; शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहको दौडधुप अझ बढी छ ।
यी चार भाइ नेपाली कांग्रेसको सभापतिमा उठ्न कम्मर कसेर लागेका छन् । भलै कोइराला परिवारबाट सहमति गरेर शेखर र शशांकमध्ये एकको उम्मेदवारी आउला तर सिंह र विमलेन्द्रको सक्रियता अझै उस्तै छ । उहाँहरूको नेतृत्वमा पुग्ने समान सपना मात्र छैन सपनाको बिजारोपण गर्ने मनोविज्ञान पनि समान छ । उहाँहरूमा मेरो बाबु पुस्ताले नेपाली कांग्रेसमा लगानी गरेको हुनाले म कांग्रेसकाे सभापति हुन पाउनुपर्छ भन्ने मनोविज्ञान हाबी छ । अहिले नेतृत्वको दाबी गरिरहेका कोइराला, निधि र सिंहले विशुद्ध विरासतको राजनीति गर्न खोजिरहेको देखिन्छ । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दलको नेतामा विरासतको मनोविज्ञान देखिनु उचित होइन । विगतको कामको प्रभावका साथै देश र कांग्रेसलाई अगाडि बढाउने योजना देखाएर नेतृत्व दाबी गर्नुपर्ने हो ।
विरासतको राजनीतिलाई मलजल गर्न नखोजेको भए, सभापतिको दौडमा देखिनुभएका शशांक र शेखर कोइराला दुवैलाई राजनीतिमा शायद देखिंदैनथ्यो । गिरिजाप्रसाद कोइरालाले उहाँहरूलाई राजनीतिमा मात्र तान्नुभएन, कांग्रेसलाई कोइराला परिवारको पकडमा राख्नुपर्छ भन्ने मनोविज्ञान पनि जगाइदिनुभयो ।
नेपाली कांग्रेसको राजनीतिमा शेखर मात्र होइन; शशांक, निधि र सिंह पनि पदाधिकारी भइसक्नुभएको छ । तर, पदमा रहेर प्रभावकारी काम गरेको इतिहास भने छैन । विरासतको राजनीति कांग्रेसमा नयाँ भने होइन । यसपाली यसको हाँगा अलि बढी फैलिएको मात्र हो । यस्तो मनोविज्ञान निर्माण गर्नुमा कोइराला परिवारको महत्त्वपूर्ण भूमिका छ । इतिहास पल्टाउँदा नेपाली कांग्रेसको निर्माण र लोकतन्त्रको लडाइँमा कोइराला परिवारको भूमिका महत्त्वपूर्ण छ । मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद (बीपी) कोइराला र गिरिजाप्रसाद कोइरालाको योगदान कांग्रेस स्थापनाको लागि महत्त्वपूर्ण रह्यो । कांग्रेसमा उहाँहरूका समकालीन तथा उहाँहरूसँग सराबरी हुने नेताहरू नभएका भने होइनन् ।
कोइरालाहरूले नेपाली कांग्रेसको स्थापनामा भूमिका मात्र खेलेनन्, धेरै समय कांग्रेसको नेतृत्व पनि यही परिवारले गर्यो । लामो समयसम्म कोइरालाहरूको नेतृत्वले ‘कांग्रेस भनेकै कोइराला’ भन्ने मनोविज्ञान निर्माण गरेको पनि देखिन्छ । यस्तो सार्वजनिक अभिव्यक्ति त सुनिंदैन तर यो मनोविज्ञान भने कोइराला परिवारमा मात्र सीमित छैन, धेरै कांग्रेसीजनमा पनि व्याप्त छ । यसको एक उदाहरण कांग्रेसको १२औं महाधिवेशनलाई लिन सकिन्छ । नेपाली कांग्रेसको १२औं महाधिवेशनमा सुशील कोइरालाले पार्टी सभापतिको उम्मेदवारी दिनुभयो । नेपाली कांग्रेसमा सुशील कोइराला आकर्षक व्यक्तित्व हुनुहुन्थेन । शायद कांग्रेस इतरका धेरैले सुशील कोइराला सभापति बन्नुहोला भनेर सोचेका पनि थिएनन् । कोइराला स्वयंलाई पनि आफ्नो व्यक्तित्व, वाक्कला र योजनाले कांग्रेसको सभापति जित्छु भन्ने विश्वास थिएन । यद्यपि; कांग्रेसमा कोइरालाहरूको विरासतले काम गर्छ भन्नेमा उहाँ निश्चिन्त हुनुहुन्थ्यो । उहाँ कांग्रेसको सभापति भएपछि प्रधानमन्त्री हुने अवसर पनि मिल्यो ।
गणेशमान सिंहलाई २०४६ सालको परिवर्तनपछि प्रधानमन्त्री हुने अवसर जुरेको थियो । तर उहाँले स्वास्थ्य र उमेरको कारण देखाउँदै उक्त अवसर त्याग्नुभएको थियो । पिता सिंहले त्याग गरे पनि पुत्र प्रकाशनमान सिंहले भने भेटेजति सबै अवसर ग्रहण गर्दै आउनुभएको छ । तर, पाएका कुनै पनि अवसरमा खरो उत्रिन सक्नुभएको छैन ।
विरासतको राजनीतिलाई मलजल गर्न नखोजेको भए, सभापतिको दौडमा देखिनुभएका शशांक र शेखर दुवैलाई राजनीतिमा शायद देखिंदैनथ्यो । उहाँहरू दुवै जना चिकित्सा विज्ञानमा रमाएका मान्छे हुनुहुन्छ । गिरिजाप्रसाद कोइरालाले उहाँहरूलाई राजनीतिमा मात्र तान्नुभएन, कांग्रेसलाई कोइराला परिवारको पकडमा राख्नुपर्छ भन्ने मनोविज्ञान पनि जगाइदिनुभयो । यो मनोविज्ञानको प्रभाव कार्यकर्तामा पनि छ भन्ने कुरा १३औं महाधिवेशनमा पनि देखियो । एउटै समूहबाट उठेर रामचन्द्र पौडेलले सभापतिमा हार्दा, शशांक कोइरालाले महामन्त्रीमा जित्नुभयो । महामन्त्रीको जितबाट शशांक त हौसिने हुनु नै भयो, कोइराला परिवारका अरू सदस्य पनि उत्तिकै उत्साहित देखिए ।
कांग्रेसमा कोइरालाको राजनीति हेर्दै आउनु भएका सिंह र निधि पनि जोशिएर लाग्नुभएको छ । यो पुस्तामा सहमतिको प्रयास नभएका होइनन् । तर, आफूलाई केन्द्रमा राखेर सहमति खोज्दा सहमति हुन सकेन । यही असफल सहमतिप्रति व्यंग गर्दै सिंहले ‘गणेशमानको परिवारले मात्र त्याग गर्नुपर्ने !’ भन्नुभएको थियो । सिंहको बुबा गणेशमान सिंहलाई २०४६ सालको परिवर्तनपछि प्रधानमन्त्री हुने अवसर जुरेको थियो । तर उहाँले स्वास्थ्य र उमेरको कारण देखाउँदै उक्त अवसर त्याग्नुभएको थियो । पिता सिंहले त्याग गरे पनि पुत्र सिंहले भने भेटेजति सबै अवसर ग्रहण गर्दै आउनुभएको छ । तर, पाएका कुनै पनि अवसरमा खरो उत्रिन सक्नुभएको छैन । सिंह कांग्रेसको १२औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । तर, उहाँको प्रदर्शन भने मनोनीत महामन्त्री कृष्णप्रसाद सिटौलाको भन्दा कमजोर रह्यो । आफ्नो जिम्मेवारीमा खरो उत्रिन नसके पनि, पदको निम्ति उहाँ त्याग गर्ने पक्षमा देखिनुभएको छैन । सभापतिको दाबी गर्दैगर्दा संस्थापक नेताहरूको सपना पूरा गर्छु भनिरहनुभएको छ । यो आफैंमा अमूर्त कुरा हो । कांग्रेसका संस्थापक नेताको हवाला दिएर मात्र हुँदैन, बदलिएको परिस्थितिमा कांग्रेसलाई अगाडि बढाउने स्पस्ट खाका पनि चाहिन्छ । तर, प्रकाशमान सिंहबाट यो अपेक्षा राख्नु स्वाभाविक लाग्दैन । उहाँमा सृजनात्मकता र समन्वयको खुबी खासै देखिंदैन । उहाँको आत्मविश्वास गणेशमानको व्यक्तित्वको परिणाम मात्र हो ।
पुर्ख्यौली कांग्रेस भएकोले कांग्रेसको नेतृत्व गर्ने अवसर पाउनुपर्छ भन्ने मनोविज्ञान बिमलेन्द्र निधिमा पनि देखिन्छ । उहाँले सभापतिमा उम्मेदवारी दिनको लागि तयारी गर्न छुट्टै कार्यालय खोल्नुभएको छ । उहाँलाई १३औं महाधिवेशनमा आश्वासन दिनुभएका शेरबहादुर देउवा स्वयं सभापतिमा उठ्ने भएपछि उहाँको सपनामा धक्का लागेको छ ।
नेपाली कांग्रेसको राजनीतिमा मधेश र मधेशीको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । साथै; समग्र नेपालको इतिहासमा मधेशीप्रतिको अविश्वासको नजर कांग्रेसभित्र पनि उत्तिकै लागू हुन्छ । यही नजरियाले नेपाली कांग्रेसमा महेन्द्रनारायण निधिले पार्टीमा योगदानका बाबजुद पहाडी नेताले जति अवसर पाउनुभएन । तर; कांग्रेसमा महेन्द्रनारायणको योगदानले छोरा विमलेन्द्रलाई कांग्रेसको नेता मात्र बनाएन, कांग्रेसको नेतृत्व गर्ने सपना पनि देखाएको छ । पुर्ख्यौली कांग्रेस भएकोले कांग्रेसको नेतृत्व गर्ने अवसर पाउनुपर्छ भन्ने मनोविज्ञान निधिमा पनि देखिन्छ । उहाँले सभापतिमा उम्मेदवारी दिनको लागि तयारी गर्न छुट्टै कार्यालय खोल्नुभएको छ । उहाँलाई १३औं महाधिवेशनमा आश्वासन दिनुभएका देउवा स्वयं सभापतिमा उठ्ने भएपछि उहाँको सपनामा धक्का लागेको छ । यद्यपि उहाँले हार मानिसक्नुभएको अवस्था भने छैन ।
सभापतिको दाबी गरेर सञ्चारमाध्यममा छाउने कोइराला दाजुभाइ, निधि र सिंह मात्र होइन; कल्याण गुरुङ र गोपालमान श्रेष्ठले पनि सभापतिमा उठ्ने बताउनुभएको थियो । तर, अहिले उहाँहरूको चर्चा सेलाएको छ । चर्चा चिसिनुमा मिडियाले स्थान नदिएर होइन, स्वयं उहाँहरूभित्रको आत्मविश्वास गलेर हो । आत्मविश्वास हराउनुमा उहाँहरूसँग कोइराला, निधि र सिंहको जस्तो बाबु पुस्ताले कांग्रेसमा योगदान गरेको इतिहास छैन । यसो हुनु कांग्रेस राजनीतिमा दुर्भाग्यको खेल हो । अर्को दुर्भाग्य भनेको; कोइराला, निधि र सिंहको गठजोडको प्रयासमा देखिएको थियो । भलै; यो प्रयास अब सम्भव नहुने देखिइसकेको छ । तर; यी तीन परिवारले कांग्रेसमा हाम्रो अघिल्लो पुस्ताको योगदान छ, हामी मिलेर त्यो योगदानबाट फाइदा उठाऊँ भन्ने खालको थियो । यो सोच र व्यवहार आफैंमा दुःखद पक्ष हो ।
नेपालमा मात्र होइन, दक्षिण एशियामै पनि विरासतको राजनीति चर्चामा छ । नेपालमा नेपाली कांग्रेसभित्र यो अभ्यास बढी देखिन्छ । लोकतन्त्रको हिमायती ठान्ने कांग्रेसभित्र विरासतको राजनीति मौलाउनु दुःखद छ । अघिल्लो पुस्ताको योगदानले होइन, आफू स्वयंको व्यक्तित्वले कांग्रेस हाँक्ने सपना देख्नुपर्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...
१९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...
नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...
अबको पाँचदिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पुरा हुँदैछ । मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रष्ट रुपमा देखिइसकेको थियो । सम्माननीय प्रधानमन्त्रीज्यू, यो...