• बिहीबार, १३ बैशाख, २०८१
  • २०:११:४२
  • नेपालीको अभिमत

अपराध

धारिलो हतियार प्रयोग गरी श्रीमतीकाे हत्या

नेपालमत

बुधबार, १ मङ्सिर, २०७८

सांकेतिक तस्वीर

उदयपुर - लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

सन्तबहादुर राईले श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार राति  साढे ११ बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिनुभयाे ।

श्रीमतीकाे हत्या गरेपछि राईले आफ्नाे पनि घाँटी रेटेकाे र घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिनु भयाे।

हत्याको बारेमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयाे । मृतक चतुरमाया सन्तबहादुरीकी कान्छी श्रीमती भएकाे थाहा भएकाे छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved