• बिहीबार, १३ बैशाख, २०८१
  • २३:२२:३१
  • नेपालीको अभिमत

प्रविधि

१ सय १० प्रतिशत नेपालीमा इन्टरनेट पहुँच –दूरसञ्चार प्राधिकरण

नेपालमत

सोमबार, १५ कार्तिक, २०७८

काठमाडौं- नेपालमा १ सय १० प्रतिशत जनसङ्ख्याको इन्टरनेट सेवामा पहुँच पुुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआइएस प्रतिवेदन अनुसार भदौ सम्ममा नेपालका १ सय १० दशमलव ६८ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको छ ।

देशभर २ करोड ९८ लाख ७६ हजार ५ सय ३१ जना रहेको आधारमा  गरिएको गणनाले ३ करोड ३४ लाख ५८ हजार ९ सय ८ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको देखाएको प्राधिकरणले जाएको छ ।

नेपालमा सबैभन्दा बढी प्रयास मोबाइल इन्टरनेटको रहेको छ ।

भदौसम्म मोबाइल इन्टरनेटको हिस्सा कूल प्रयोगको ८२ दशमलव ५५ प्रतिशत छ ।

१ करोड २६ लाख ४८ हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । 

त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको १करोड २ लाख र एनसेलको २४ लाख ३५ हजार रहेको जनाइएको छ । 

पछिल्लो समय नेपालमा फोरजीका प्रयोगकर्ता बढ्दै गएको  प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्मा उल्लेख छ । 
 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

सोमबार, १५ कार्तिक, २०७८

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved