डाेटी–गए रातिदेखिको लगातारको वर्षाका कारण यहाँका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भीरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छ्याउनका लागि सडक डिभिजन कार्यालयको डोजरले बिहानैदेखि काम गरिरहे पनि वर्षा नरोकिएका कारण पहिरो पन्छ्याउन सकिएको छैन् ।
राजमार्ग अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा सवारीसाधन र यात्रु अल्पत्रमा परेका प्रहरीले जनाएको छ ।
सचेत रहन आग्रह
जिल्लामा दुई दिनदेखि लगातार भारी वर्षा भइरहेकाले यहाँको सेती नदी आसपासका नागरिकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ ।
वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएकाले विपद् आउन सक्ने भन्दै नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारी वर्षाले नदीमा पानीको बहाव बढेको छ, दुर्घटना हुनसक्ने भएकाले सबैलाइ सचेत रहन आग्रह गरेका छौँ ।” मौसम पूर्वानुमान महाशाखाले पनि सेती नदीमा पानीको सतह बढ्न गई बाढी आउनसक्ने जनाएकाले सतर्क रहन आग्रह गरेको छ ।
भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमीवायु प्रणालीको संयुक्त प्रभावले सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उक्त शाखाले जनाएको छ ।
केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना भएको हुँदा सम्पूर्ण नागरिक तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रशासनले सूचनासमेत जारी गरेको प्रजिअ विष्टले जानकारी दिनुभयो । रासस
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । यसै अबसर पारेर एफएमले वार्षिक प्रकाशन उत्साहको कभर सार्वजनिक गरेको छ ।...
काठमाडौं - काठमाडौंमा तीन दिने नेपाल–भारत संस्कृत सम्मेलन हुने भएको छ । चैत १४ देखी १६ गतेसम्म बुढानिलकण्ठमा सम्मेलन हुनेछ । नेपाल भारत अन्तराष्ट्रिय संस्कृत सम्मेलनमा नेपाल...
काठमाडौं - कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि...
काठमाडौं - सरकारले २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । बुधबार गृहमन्त्रालयले सार्वजनिक सूचना जारी गरेर दिएको जानकारीअनुसार २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा...
नेपालगञ्ज - एक जोडीले आफ्नो विहेको दिन जिवन विमाको पोलिसी एक अर्कालाई उपहार दिएका छन् । ईटली वस्ने वर्दियाका मनोज कुमार चौधरी र स्टाफ नर्स अध्ययन पुरा...