• शुक्रबार, ७ बैशाख, २०८१
  • २३:२७:२२
  • नेपालीको अभिमत

समय

भारतको केरला बाढीबाट मृत्यु हुनेको संख्या २६ पुग्यो, कैयौँ शहर र गाउँसँग सम्पर्क विच्छेद

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

एजेन्सी–दक्षिणी भारतीय राज्य केरलामा ठूलो वर्षाले निम्त्याएको बाढीका कारण अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ।

बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन्। थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। बाढीले धेरै घर बगाएको छ ।

कोटायाम जिल्लामा मानिसहरू बाढीका कारण फस्न पुगेका विवरणमा जनाइएको छ । केही दिनयता भएको ठूलो वर्षाले केरलामा घातक पहिरोहरू निम्त्याएको छ । अधिकारीहरूका अनुसार राहत तथा उद्धार कार्यमा सैनिक खटिएका छन् । पहिरोका कारण फसेका मानिसहरूसम्म राहत सामग्री पुर्‍याउन हेलिकप्टर परिचालन गरिएको छ ।

बाढीका कारण फसेका कोलम र अन्य तटीय नगरका मानिसको उद्धारमा माछा मार्ने डुङ्गाहरूको प्रयोग भइरहेको छ । कैयौँ ठाउँमा बाढीले सडक बगाएको छ र रूखका जराहरू उखेलिदिएको छ । बाढीपीडित एक महिलाले भनिन्, ‘धेरै क्षति भएको छ, घरहरू बगेका छन् । बालबालिकालाई गुमाएका छौँ ।

केरलामा ठूलो वर्षाले बाढी तथा पहिरो निम्याइरहन्छ। कुनै बेला बाढीविरुद्ध प्राकृतिक रक्षाकवचको रूपमा काम गर्ने गरेका सिमसार क्षेत्र तथा तालहरू बढ्दो शहरीकरण एवं संरचना निर्माणसँगै अहिले मासिएका छन् । सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा करिब चार सय जनाको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका थिए । नेपाली बिबिसी 

र, याे पनि

वर्षा र बाढीबाट भारतमा मृत्यृ हुनेको संख्या २२ पुग्यो

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved