• बिहीबार, १३ बैशाख, २०८१
  • १६:४७:४१
  • नेपालीको अभिमत

समाचार / मौसम

आगामी तीन दिनको मौसमः वर्षा र हिमपातको सम्भावना

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

काठमाडौं–पश्चिमी वायुको प्रभावको कारण देशभर दिउँदे वर्षाको सम्भावना बढेको छ । गत वर्ष मनसुन सकिएलगत्तैको पोस्ट मनसुन खेडेरी युक्त रहेको थियो । 

यसपटक भने मनसुनको बहिर्गमनसँगै पश्चिमी वायुले सुरुवाती भएकाले एक साता लामो वर्षा गराउने बताइएको छ । यसका साथै हिउँदको सङ्केत गर्दै छिट्टै उच्च हिमाली भेगमा हिमपातसमेत हुने मौसमविद्हरुले बताएका छन् । 

जल तथा मौसम विज्ञान विभागले आज (सोमबार) जारी गरेको विशेष मौसमी बुलेटिनका अनुसार पश्चिमी वायुसँगै यतिबेला नेपालमा अन्य दुई मौसमी प्रणालीको प्रभाव पनि परेको छ । 

जसका अनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखा, मध्य प्रदेशको तेलङ्गनामा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको वर्षा प्रणालीको गहिरो असर नेपालमा देखिएको हो । यही अवसर छोप्दै पश्चिमी वायुले पूर्वीय वायुलाई पूर्णतया विस्थापित गरिसकेकाले अब देशभर आफ्नो प्रभाव जमाउने प्रयत्न गरिरहेको छ । योसँगै पोस्ट मनसुनको सक्रियता र हिउँदे वर्षाको आगमनको सङ्केत दिएको छ ।

यस्तो छ, आगामी तीन दिनको मौसम

सोमबारः दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातकोसमेत छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

राती देशभर सम्भवत उस्तै रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ । 

देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम र वाकी हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना छ । 

प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावाना छ । 

मंगलबारः दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १ र बागमती प्रदेशका केहि स्थानहरु तथा प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही र प्रदेश १, लुम्विनी, कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।  

प्रदेश १ र लुम्विनी प्रदेशका थोरै स्थानहरू गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा  मेघगर्जन र चट्याङ्ग भारी वर्षाकोसमेत सम्भावना छ ।

बुधबारः दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै बाँकी  प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्विनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । 

राती देशभर सामान्य बदली रहने छ । प्रदेश १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved