• बिहीबार, १३ बैशाख, २०८१
  • २३:२४:४७
  • नेपालीको अभिमत

छापाबाट

नलगाड आयोजनाको काम सुस्त गतिमा

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

जाजरकोट–जलाशययुक्त नलगाड आयोजना (४१७ मेगावाट)को विस्तृत परियोजना प्रतिवेदन डीपीआर आधा दशक बितिसक्दा पनि निर्माण हुनसकेको छैन । 

ऊर्जा मन्त्रालयले यसको म्याद परामर्शदाता कम्पनी स्मेकले भनेबमोजिम दुई पटक म्याद थपे पनि अझै पूरा गर्न सकेको छैन । परामर्शदाता कम्पनी स्मेकतर्फका आयोजना प्रमुख बाबुराम भारद्वाजले सेप्टेम्बरमा सक्ने भनेर म्याद थप भएकोमा अहिले धमाधम विभिन्न उत्खनन–परीक्षण कार्य भइरहेको जनाउनुभएको छ । डीपीआरको सम्झौताबमोजिमको कार्य सम्पन्न गर्नका लागि नयाँ कार्यतालिका पेस गरेको भारद्वाजले बताउनुभयो ।

सन् २०१६ मा अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियाको एमडब्लूएच र नेपालको उदय जेभीले (संयुक्त उपक्रम)ले नलगाड आयोजनाको विस्तृत अध्ययन, टेन्डर डकुमेन्ट तयारी र डीपीआर बनाउने ठेक्का पाएको थियो । 

आयोजनाका कार्यकारी प्रमुख रामकाजी थापाले सन् २०१६ मा तीन वर्षमा डीपीआर सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र स्मेक, एमडब्लूएच जेभी उदयबीच सम्झौता भएको जानकारी दिनुभयो ।हालसम्म परियोजनाको कार्य ८५ प्रतिशत पूरा भएको दाबी उहाँको छ । परियोजनको कार्य तथा निर्माणास्थलमा सडक, क्याम्प, जग्गा मुआब्जा, आर्मी क्याम्प निर्माण कार्यसमेत गरी पाँच अर्ब रुपियाँ खर्च भइसकेको जानकारी उहाँले दिनुभयो ।

कर्णाली प्रदेशको भविष्यसँग जोडिएको आयोजनाका रूपमा हेरिएको नलगाडको निर्माण कार्यको सुस्त गतिले यहाँका स्थानीयवासी निराश भएका छन् । नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल जसरी सुरुमा कामको थालनी हुँदा नागरिकमा ऊर्जा प्रदान गरेको थियो, हालको सुस्त गतिले निराश बनाएको बताउनुभयो । यस आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गर्न सरकारसँग उहाँले माग गर्नुभयो ।

यस आयोजनाको लगानीको टुङ्गो भने अहिलेसम्म लागिसकेको छैन । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले यसमा चासो देखाएको छ । सन् २०१२ को मूल्य (एक अमेरिकी डलर बराबर ८७ रुपियाँ हुँदा) अनुसार आयोजनाको अनुमानित लागत एक खर्ब आठ अर्ब २६ करोड रुपियाँ थियो । यसको प्रतिकिलोवाट लागत एक हजार आठ सय अमेरिकी डलर पर्ने सन् २०१२ को अध्ययनले देखाएको थियो ।

त्यतिबेला अध्ययन हुँदा यसको जडित क्षमता ४१० मेगावाट भनिएको थियो । जलाशययुक्त आयोजना भएकाले ४१ करोड ९६ लाख घनमिटर पानी जम्मा पार्ने पोखरी बनाउनुपर्ने छ । 

त्यस्तै चार सय केभीको ११२ किलोमिटर डबल सर्किट प्रसारण लाइन बाँकेको कोहलपुर सबस्टेसनसम्म बनाउनुपर्ने भएकाले यो आयोजना महँगो भएको हो । यसबाट उत्पादन भएको बिजुली उपभोक्ताकहाँ पुग्दा प्रतियुनिट औसत १६ रुपियाँ नौ पैसा पर्ने अध्ययनले देखाएको छ ।

नलगाड जलविद्युत् निर्माण भएमा यसले कुल वार्षिक ऊर्जा एक अर्ब ४० करोड युनिट उत्पादन गर्न सक्छ । यसमध्ये सुक्खायामको ऊर्जा ६३ करोड ४२ लाख युनिट छ । यहाँको नलगाड नगरपालिका–७, दल्लीमा विद्युत् गृह र बारेकोट गाउँपालिका–८, अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले नलगाड जलविद्युत् आयोजनाबाट प्रभावित हुने ९४५ परिवारलाई झन्डै दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ रुपियाँ मुआब्जा वितरण गरिएको बताउनुभयो । 

यो आयोजनाले अहिलेसम्म चार हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । परामर्शदाता कम्पनीले चार वर्षअघि ३० महिनामा डीपीआर सम्पन्न गर्ने गरी जलविद्युत् कम्पनीसँग एक अर्ब ११ करोड रुपियाँमा सम्झौता गरेको थियो । 

म्झौताअनुसार तोकेको समयमा डीपीआर पूरा नहुँदा पटक–पटक म्याद थप हुँदै आएको छ । आयोजनाका इन्जिनियर पदम थापाका अनुसार कम्पनीले डीपीआरअन्तर्गतका अरू काम पूरा गरे पनि पावर हाउस क्षेत्रको रग मेकानिकल टेस्ट र बाँधस्थलको टेस्ट अडिट अझै पूरा गरेको छैन । 

हालसम्म साइटमा ३२० मिटर टेस्ट टनेल खन्ने काम सम्पन्न भएको र ५५ मिटर टनेल खन्ने काम बाँकी रहेको छ । गाेरखापत्रमा प्रकाशित छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र पाइने

    काठमाडौं–लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड...

  • नेपालमत

    संसदमा राेकिएका विधेयक अघि बढ्नै सकेनन्

    काठमाडौं–दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल...

  • नेपालमत

    जुम्ली स्याउको मुल्य प्रतिकेजी १ सय ५१ रुपैयाँ

    जुम्ला - एक दशक अघिसम्म जुम्लाको स्याउको मुल्य प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो । ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो ।  स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो...

  • नेपालमत

    तीनै तहको चुनाव एकसाथ गर्न सत्ता गठबन्धनबीच छलफल

    काठमाडौं–गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन ।  प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्,...

  • नेपालमत

    दशैँपछिको पुँजी बजारमा उत्साह थपिदैँ

    काठमाडौं–दशैँपछिको पहिलो दिन नेपालको सेयरको दोस्रो बजार सकारात्मक देखिएको छ । कारोबार खुलेको १५ मिनेटपछि ओरालो लय समाएको बजार सूचक १ बजेपछि भने उकालो लाग्दै...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved