• बुधबार, १२ बैशाख, २०८१
  • ०८:४२:२१
  • नेपालीको अभिमत

छापाबाट

डोको बेचेरै मासिक २० हजार कमाउँदै ५५ वर्षीय क्याङ्लाे 

नेपालमत

सोमबार, १ कार्तिक, २०७८

म्याग्दी–बेनी नगरपालिका–२ फापरखेतका ५५ वर्षीय क्याङ्लाे सार्कीको अहिलेसम्मको जिन्दगी डोको बुनेरै धानिएको छ । बिहान उठेदेखि राती नसुतुन्जेल चोयासँग खेल्दै उनको समय बित्छ ।

सार्कीले २० वर्षको उमेरदेखि बाँस र निगालाको चोयासँग खेलेर डोको बुन्दै जवानीका रमाइला दिन बिताइसकेका छन्  । बुनेका यिनै डोका बिक्री गरेर आएको पैसाले उनले ६ जनाको परिवारको गुजारा चलाउनुपर्ने बाध्यता छ ।

सार्कीले डोको बुनेरै मासिक २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । यही पैसाले आफ्ना परिवारको पालनपोषण, शिक्षादीक्षा र औषधोपचार गर्दै आएको उनी सुनाउँछन् । उमेरले बुढ्यौलीलाई छुन लागेको भए पनि डोको बुनाइमा भने उनको जाँगर जवानी अवस्थाजस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेल डोको बुनेरै दिन बितेको उनलाई पत्तै हुँदैन ।

‘डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ । तर, उमेरको हिसाब गर्दा ५५ पो काट्न लागेछु’ असिनपसिन अनुहारमा मुस्कुराउँदै उनले भने ।

सार्कीले ३५ वर्षदेखि सुरु गरेको यो पेसालाई अहिलेसम्म पनि निरन्तरता दिँदै आएका छन्  । उनले घरमै बसेर डोको बुनेरै दिनहुँ आम्दानी गरिरहेका छन् । विपन्न सार्कीको डोको नबुनेसम्म साँझ–बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेरै उनको परिवारको जीविका चलेको छ ।

पहिले–पहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घरघरमा बिक्रीका लागि पुग्ने गर्थे  । अहिले घरमै ग्राहक दिनहुँ आउने गरेको उनले बताए ।

गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा सार्कीले डोको उत्पादनलाई बढी प्राथमिकता दिने गरेका छन्  । खरिद गर्नेले पनि बढी डोको नै खोज्ने गरेको उनको भनाइ छ ।

दिनमा ८ देखि १० वटासम्म डोको बुन्ने गरेका सार्कीले बाँस निगालोको मूल्य र आफ्नो दैनिक ज्याला कटाएर मासिक २० हजारजति बचत हुने गरेको सुनाए । एउटा डोको २५० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए । बचत पैसा पीपलडाँडास्थित सहकारीमा जम्मा गर्दै आएका छन् ।

‘मिहिनेत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनुपर्दैन । काम गरेअनुसार परिश्रम पाएको छु’, सार्की खुसी सुनिए ।
डोकोको माग अत्यधिक हुने गरेकाले पुर्‍याउन मुस्किल परेको सार्कीले बताए । ‘पहिले नै अर्डर हुन्छ । ग्राहकको माग बढ्दो छ,’ उनी भन्छन्  । आर्थिक अभियानमा प्रकाशित छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र पाइने

    काठमाडौं–लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महीनाभित्र आइपुग्ने भएको छ । लामो समयसम्म छपाइ उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड...

  • नेपालमत

    संसदमा राेकिएका विधेयक अघि बढ्नै सकेनन्

    काठमाडौं–दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल...

  • नेपालमत

    जुम्ली स्याउको मुल्य प्रतिकेजी १ सय ५१ रुपैयाँ

    जुम्ला - एक दशक अघिसम्म जुम्लाको स्याउको मुल्य प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म थियो । ढुवानीको एकमात्र माध्यम हवाइमार्ग थियो ।  स्याउको खरिद मुल्यभन्दा ढुवानी भाडा दोब्बर हुन्थ्यो...

  • नेपालमत

    तीनै तहको चुनाव एकसाथ गर्न सत्ता गठबन्धनबीच छलफल

    काठमाडौं–गठबन्धन मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर चुनाव निर्धारित समयमा हुन्छ कि छिटो भन्ने अन्योल टरेको छैन ।  प्रधानमन्त्री शेरबहादुर देउवा सुरुमा स्थानीय तहको चुनाव गर्ने पक्षमा छैनन्,...

  • नेपालमत

    दशैँपछिको पुँजी बजारमा उत्साह थपिदैँ

    काठमाडौं–दशैँपछिको पहिलो दिन नेपालको सेयरको दोस्रो बजार सकारात्मक देखिएको छ । कारोबार खुलेको १५ मिनेटपछि ओरालो लय समाएको बजार सूचक १ बजेपछि भने उकालो लाग्दै...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved