• मंगलबार, ४ बैशाख, २०८१
  • २३:४६:४५
  • नेपालीको अभिमत

स्वास्थ्य

कोरोना अपडेटः आज ६ जना संक्रमितकाे मृत्यु,  थपिए ३९१

नेपालमत

आइतबार, ३१ असोज, २०७८

काठमाडौं–नेपालमा आज (आइतबार) दिनभर कोरोना भाइरस संक्रमित भएर ६ जनाको मृत्यु भएको छ, भने ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ६ हजार ९६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ र १ हजार ११ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो । 

त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ११ हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६८० कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । देशभर हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित रहेका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved