काठमाडौं- देशभर शनिबार थप १ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१ हजार ४ सय ४६ जनाको पिसिआर गर्दा १ सय ३६ र ३ सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शनिबार देशभर १० वर्ष मुनिका ३ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जनामा कोरोना सङ्क्रण देखिएको छ ।
उक्त १ सय ४७ सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ लाख ४ हजार ६ सय ५२ पुगेको छ ।
शनिबार देशभर ८ सय ४५ जना कोरोना सङ्क्रमित निको भएका छन् भने हालसम्म ७ लाख ८० हजार ७ सय ७६ जना सङ्क्रमणमुक्त भएका छन् ।
त्यसैगरी शनिबार कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ७८ पुगेको छ ।
नेपालमा देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ५ सय ९८ छ ।
त्यसमध्ये ११ हजार ५ सय ४४ जना होम आइसोलेसनमा रहेका र १ हजार ५४ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ ।
कोरोनाका बिरामीमध्ये ३०७ जना आईसीयू र ९७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आजदेखि दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो...
नेपालगञ्ज - बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४ वर्ष मुनिका...
लुम्बिनी प्रदेश सरकारले सिकलसेल एनिमिया, बिटा थालेसिमिया र हेमोफिलियाका बिरामीहरूका परिवारलाई निःशुल्क बिमा कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट निःशुल्क बिमा कार्यक्रम...
काठमाडौं- आज देशैभरीका स्वास्थ्य संस्था बन्द हुने भएका छन । देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुन लागेको हो । हेटौडामा चिकित्सक कुटिए पछि सोको बिरोधमा नेपाल चिकित्सक...
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गर्नुभएको छ । मन्त्री बस्नेतले आफनो कार्यअवधिको...