• शनिबार, ८ बैशाख, २०८१
  • १३:४६:५७
  • नेपालीको अभिमत

अपराध

रुकुम पश्चिममा प्रहरी र युवाबीच झडप हुँदा ७ जना प्रहरी घाइते, ६ युवा पक्राउ 

नेपालमत

शनिबार, ३० असोज, २०७८

रुकुम पश्चिम- रुकुम पश्चिमको जिल्ला सदरमुकाम खंलगामा प्रहरी र युवाबीच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् ।

शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिनु भयो ।

घाइते प्रहरी सहायक निरीक्षक बोहरालाई राति नै थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएकोमा थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

सहायक निरीक्षक बोहराको तल्लो भागका तीन वटा दाँत झरेको र माथिल्लोपट्टीको एउटा दाँत हल्लिएको र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरी हवल्दार कालीबहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाडमा चोट लागेको, प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट लागेको र अन्य चार जना प्रहरी कर्मचारीहरू पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घटना मदिरा खाएका युवाले रोकिइ राखेको ट्रकमा ढुंगा हानेको खबरपछि भएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न केही युवालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा मुसीकोट नगरपालिका– ५, का २० वर्षीय नरेश पुनमगर, १ नम्बर वडाका १८ वर्षीय राजनप्रकाश गिरी, सोहि वडाका २० वर्षीय आकाश परियार रहेका छन् ।

त्यस्तै रुकुम पूर्वको भुमे गाउँपालिका घर भई हाल मुसीकोट नगरपालिका ५ बस्ने २३ वर्षीय मर्कुश पुन मगर, मुसिकोट नगरपालिका–१०, का २४ वर्षीय खडानन्द केसी, मुसीकोट नगरपालिका–१, का २५ वर्षीय हरिबहादुर घर्ती पक्राउ परेका छन् । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved